सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
फागुन ३, पोखरा । आगामी शनिबार ५ फागुनमा हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करण तयारी पूरा भएको छ । यसपटक १०८ जना म्याराथनमा सहभागी हुने आयोजक भूतपूर्व खेलाडी मञ्चलले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
प्रतियोगितामा नेपालसँगै केन्या, चीन, भारत, बेलायत, जर्मनीलगायत १४ देशका धावक ४२.१९५ किलोमिटरको म्याराथनमा सहभागी हुने आयोजक संस्थाका अध्यक्ष हरि पराजुलीले जानकारी दिए । म्याराथन बिजेताले ५ लाख, दोस्रो हुनेले ३ लाख र चौथो हुनेले २ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
त्यस्तै, पोखरा म्याराथन अन्तर्गत नै हुने महिलाहरुको हाफ म्याराथनमा ७० जना प्रतियोगी सहभागी हुनेछन् । २१ किलोमिटर दूरीमा हुने उक्त दौड विजेताले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ७५ हजार रुपैयाँ पाउनेछन् ।
अघिल्लो वर्ष अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आयोजक संस्थाहरुको छाता संगठन एम्सको सदस्यता पाएको पोखरा म्याराथनले यस वर्ष रन फर रनबाहेक सबै दौडमा चिप्सको प्रयोग गर्ने भएको छ ।
‘अघिल्लो वर्ष परीक्षणका लागि हाफ म्याराथनमा प्रयोग गरेका थियौं । तर, यसवर्ष सबै दौडका धावकहरुलाई चिप्स उपलब्ध गराउँछौं’, अध्यक्ष पराजुलीले भने, ‘यसले सही नतिजा विश्वभर थाहा पाउन सजिलो हुन्छ ।’