सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
फागुन ५, जाजरकोट । शिवालय गाउँपालिका जाजरकोटमा बर्षौंदेखि भोकचलन गर्दै आएका सुकुम्बासी, अव्यवस्थितको लागि जग्गा दर्ताको लालपुर्जा वितरणको लागि प्रारम्भिक प्रक्रिया निसा वितरण कार्य सुरु भएको छ ।
जग्गा दर्ताको लालपुर्जा वितरणको लागि प्रारम्भिक प्रक्रिया निशा वितरण कार्य सुरु गरेको राष्ट्रिय भुमी आयोग जाजरकोटको सदस्य चन्द्रा अधिकारीले जानकारी बताइन । शिवालय १ मा शुक्रबार भुमिहिन बिर्दकली वि.क.लाई गाउँपालिका अध्यक्ष शेर बहादुर शाहीले निशा दिएका थिए भने राष्ट्रिय भुमी आयोग जाजरकोटको बिज्ञ नवराज सिंह र सदस्य चन्द्रा अधिकारीले सहजीकरण गरेका थिए ।
निसा वितरणमा राष्ट्रिय भुमी आयोग जाजरकोटका बिज्ञ नवराज सिंहको पनि उपस्तिथि रहेको थियो । हालसम्म शिवालयमा १३ जना सुकुम्बासी भुमिहिन र ३३७ जना अव्यवस्थितको अनलाइन प्रबेस्टी भएको भुमी आयोग जाजरकोटको चन्द्रा अधिकारीले जानकारी दिएकी छन । शिवालय गाउँपालिकामा ७ सय जनाले फारम भरेका छन भने ३५० जना कम्प्युटर इन्ट्री भएको र बाँकी प्रक्रिया पुगे नपुगेको अध्ययन पश्चात कम्प्युटरमा इन्ट्री हुने अधिकारीले बताइन ।
छेडागाड नगरपालिका १० मा पुर्जा बितरणको लागि ३५ दिने सुचना निकालिएको छ । पुर्जा वितरणको काम छेडागाड बाट नै सुरुवात हुनेछ । साथै जाजरकोट जिल्लाभर सुकुम्बासी अव्यवस्थित लगायत ६ हजार जना रहेको आयोगकी सदस्य चन्द्रा अधिकारीले वताइन ।