सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
फागुन ७, बाँके । नेपालगन्ज उपमहानगरपालिका २० राँझा निवासी डिल्लीराज रेग्मीले अपांग रामसागर कुर्मीलाई कृतिम खुट्टा सहयोग गरेका छन । आफु अपांग हुँदा हुँदै पनि नेपालगन्ग ४ बस्ने रामसागर कुर्मीलाई कृतिम खुट्टा ल्याउन सहयोग गर्न पाउँदा खुशी लागेको समाजसेवी समेत रहेका रेग्मीले बताए ।
उनले भने, ‘म आफू अपांग हुदाहुदै पनि आर्थिक अबस्थाले कृतिम खुट्टा लगाउन नपाएको नेपालगन्ज वडा नम्बर ४ निबासी रामसागर कुर्मीले अति दुखित भई म सँग कृतिम खुट्टा मिलाइदिन आग्रह गरेकोले उनलाई मेरो आफ्नो तर्फबाट आधामुल्य र आफुले आधा मूल्य तिरेर कोहलपुर मेडिकल कलेजबाट कृतिम खुट्टा उपलब्ध गराउन पाउँदा म हर्सित छु ।’
यस अगाडी पनि शान्ती रेग्मी, अभिराज क्षत्री, खजुरा निवासी लोक बहादुर क्षेत्री लगायत ४ जनालाई कृतिम खुट्टा उपलब्ध गराउन मद्दत गरेको रेग्मीले बताए ।
२०६७ सालमा गौरीशंकर ट्रेडर्समा तराई जनतन्त्रिक मोर्चाले गरेको बम बलास्ट्मापरि रेग्मीको देब्रे खुट्टा गएको थियोे । नेपाल्गन्ज २० राँझा एअरपोर्ट बस्ने रेग्मी नेपाल रेडक्रस सोसाइटी मनिकापुर उपशाखाको कोषाध्यक्ष, नाट्टा बाँके च्याप्टरको उपाध्यक्ष, लायन्स क्लब ३२५ एनको एडभाइजर समेत हुन ।