सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
फागुन १०, सुर्खेत । यहि फाल्गुन ९ गते आईएनएफ नेपाल सुर्खेतद्वारा “पहुच तथा समाबेशीकरण परियोजना“ अन्तर्गत सुर्खेतको पञ्चपुरी नगरपालिकामा अपांगता भएका व्यक्तिहरुकालागि केहि सहायक सामाग्रीहरु (व्हील्चियर, शौचालय चियर, बैशाखी, वाकर, सेतोछडि) र सिलाइ मेशिन प्रदान गरिएको छ ।
“अपांगता भएका व्यक्तिहरुकोलागि आर्थिक सुधार, पहुँच तथा समाबेशीकरण“ परियोजनाको तर्फबाट प्रदान गरिएको उक्त सामाग्रीहरु एक कार्यक्रमका बीच (आइ एन एफ ) सुर्खेतका कार्यक्रम संयोजक ललितबहादुर सारु, अनुगमन अधिकृत लोकप्रसाद गौतम, फिजियोथेरापिस्ट सुदिप बि. सी, टिमलिडर उदयबहादुर हमाल, व्हिल्चियर एसम्बलर नरेन्द्र जंग राना, वार्ड नम्बर ८ का वार्ड अध्यक्ष दिपककुमार थापा, युनडिपिकाका स्थानीय संयोजक सुशील घिमिरे, नगरस्तरीय अपाङ्गता संजालका अध्यक्ष राजकुमार कंडेल लगायत अन्य समाजसेबीहरुको सहभागिता रहेको थियो ।
सहायक सामाग्री बितरणको सुभारम्भ आइएनएफ सुर्खेतका कार्यक्रम संयोजक ललित बहादुर सारु र वार्ड नम्बर ८ का वार्ड अध्यक्ष दिपक कुमार थापाबाट नन्दलाल घिमिरेलाइ व्हील्चियर प्रदान गरिएको थियो । अनुगमन तथा स्वास्थ्य परामर्शका क्रममा परियोजनाको टिमले अपांगता संजालका लालबहादुर बलामी, चन्द्रा न्युरे, मानबहादुर बटाला, कमला बुढा लगायतका संग गृह भेटघाट, समूह छलफल, तथा अन्तरक्रिया गरेको थियो भने परियोजनाबाट प्रदान गरिएका सीप, तालिम, सामग्री सहयोग, बिउ पुजी, स्वास्थ्य उपचार सहयोगको प्रभावकारिता बारे अनुगमन गरिएको थियो । भेटघाट तथा अन्तरक्रियाका क्रममा वाड न ५ का वडा अध्यक्ष तथा पन्चपुरी नगरपालिका का बा नगर प्रमुख नगेन्द्र बहादुर शाहीले अपांगता भएका व्यक्ति र परिवारका लागि आइएनएफले गरेको सहयोग र सहकार्यको प्रशंशा गरे भने पालिकाले पनि अपांगता भएको ब्यक्तिहरुको उत्थानका लागि सक्दो सहयोग गर्ने बचंबद्ता समेत व्यक्त गरे ।
नेपालका गरिब र पिछडिएका जनता र समुदायका लागि आफ्नो पूर्णतामा जीवन भन्ने परिकल्पनाका साथ आइ एन एफ ले १९५२ देखि नेपालमा कुष्ठरोग, मेरुदण्डमा चोटपटक र अन्य अपाङ्गता भएका मानिसहरूलाई मद्दत गर्ने; केही दुर्गम र गरिब समुदायहरूमा विकासलाई सहज बनाउँछ र मेडिकल आउटरिच कार्यक्रमहरू सञ्चालन गर्ने गर्दछ भने “अपांगता भएका व्यक्तिहरुकोलागि आर्थिक सुधार, पहुच तथा समाबेशीकरण“ परियोजना सुर्खेतका ४ पालिकाहरु –बिरेन्द्रनगर, पंचापुरी, गुर्भाकोट र सिम्तामा जुलाई २०२२ देखि २०२५ सेप्टेम्बरका लागि संचालित छ ।