असली कम्युनिष्ट

एमाले सिद्धान्त, आदर्श र निष्ठाबाट च्युत भएको पार्टी: नेतृ खडका

मेरो सिद्धान्त मिलेको कारण माओवादी केन्द्रमा प्रवेश गरे
सोमबार, फागुन १४, २०८०

फागुन १४, बाँके । नेकपा एमालेबाट माओवादी केन्द्र प्रवेश गरेकी नेतृ तथा खेलाडी हेमा खडकाले एमाले सिद्धान्त, आदर्श र निष्ठाबाट च्युत भएको बताएकी छन । आदर्श र सिद्धान्तबाट एमाले स्खलित भएकाले क्रान्तिकारी कम्युनिष्ट पार्टी माओवादी केन्द्रमा प्रवेश गरेको उनले लालआवाजलाई बताइन । माओवादी पार्र्टी देशको लागि लडेर आएको र असली कम्युनिष्ट पार्टी भएको हुनाले मेरो सिद्धान्त मिलेको कारण माओवादी केन्द्रमा प्रवेश गरेको उनको भनाइ छ ।

नेकपा एमाले दैलेख जिल्ला कमिटी सदस्य खड्का केहीदिन अघि नेकपा माओवादी केन्द्र प्रवेश गरेकी थिइन । खड्का एमालेको दैलेख जिल्लाको सातौ अधिवेशनबाट जिल्ला कमिटी निर्वाचित सदस्य हुन । राजनीतिका साथै खेल क्षेत्रमा पनि अब्बल खडका लामो समय देखि नेकपा एमालेको राजनीतिमा सक्रिय थिइन ।

खेलकुद क्षेत्रमा समेत सक्रिय खड्का कर्णाली प्रदेश खेलकुद विकास परिषदको वोर्ड सदस्य हुन । नेकपा एमाले निकट मदन भण्डारी स्पोर्टस एकेडेमी कर्णाली प्रदेश सचिव एवं केन्द्रीय सचिवालय समेत रहेकी खड्कालाई नेकपा माओवादी केन्द्रमा उप–महासचिव जनार्दन शर्माले केही दिन अघि काठमाडौमा स्वागत गरेका थिए ।

नेकपा एमाले पार्टी परिवारबाद, गुटबादका साथै सिद्धान्तमा बिचलन भएको पार्टी भएकाले आफु इमानदार असली कम्युनिष्ट कार्यकर्ता हुनुको नताले माओवादी पार्टीमा प्रवेश गरेको खड्काले बताएकी थिइन । राजनीति गर्ने भनेको देश र जनताको लागि हो यहाँ आफन्त र पारिवारलाई राजनीतिको नाममा लाभको पद लिनको लागि गर्ने होइन, ‘खड्काले भनिन,’ ‘एमालेमा लामो समय काम गर्दा मलाई यहि अनुभूति भएर आज मैले एमाले छाडेकी हुँ ।’ खड्का अनेरास्ववियूको केन्द्रीय सदस्य, नेपाल खेलकुद महासंघको स्थायी कमिटी सदस्य समेत भइसकेकी नेतृ हुन ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  ०८:२१
प्रतिक्रिया दिनुहोस्