सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
फागुन १४, बाँके । आइ.एन.एफ. नेपाल सुर्खेतद्वारा “अपाङ्गता भएका ब्यक्तिहरुको आर्थिक अवस्था सुधारका लागि पंहुच तथा समाबेशीकरण परियोजना“ अन्तर्गत सुर्खेतको गुर्भाकोट नगरपालिकामा अपांगता भएका ब्यक्ति हरुलाई, मनोबिमर्ष सेवा, कम्प्युटर, व्हील्चियर प्रदान तथा अपांगता भएका ब्यक्तिहरुलाई फिजियोथेरापी सेवा आइतबार प्रदान गरिएको छ ।
आइ.एन.एफ. द्वारा प्रदान गरिएको सीपमुलक तालिम लिएकी भिमसारा नेपालीलाई कम्प्युटर, व्हिल्चैर एक कार्यक्रमका बीच गुर्भाकोट नगरपालिकाका मयेर हस्तबहादुर पुनले हस्तान्तंत्रण गरे । उक्त कार्यक्रममा पालिकाका प्रमुख प्रसशाकिय अधिकृत पूर्णबहादुर खत्री, स्वास्थ्य संयोजक पूर्णबहादुर घर्ति, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख बिमला बि क, उद्योग शाखा प्रमुख आइती चौधरी,आइ.एन.एफ.का कार्यक्रम संयोजक ललित बहादुर सारु, साझेदार आधिकृत नारायण पान्डे, अनुगमन अधिकृत लोकप्रसाद गौतम, फिजियोथेरापिस्ट सुदिप बि. सी, टिम लिडर जोल बहादुर बुढा, नगरस्तरीय अपाङ्गता संजालका सचिब हरि बहादुर शाही लगायतको उपस्थिति रहेको थियो ।
अपांगता भएका व्यक्तिहरुमा रहेको मनोसामाजिक समस्या समाधान गर्न, न्यूनीकरण गर्न एक मनोबिमर्ष कक्ष संचालन गरिएको थियो । समुहगत तथा व्यक्तिगत रुपमा भएको मनोपरामर्ष कार्यक्रमको सहजीकरण मनोबिमर्श कर्ता निशा कुइकेलले गरेकी थिइन । सो अवसरमा फिजियोथेरापिस्ट सुदिप बिसीले फिजियोथेरापी सेवा प्रदान गरेका थिए ।
तालिममा बिद्यालयको शौचालयको भौतिक संरचना सुधार गरी अपांगता मैत्री बनाउने कार्यको उपलब्धिको मुल्याकन गर्ने क्रममा सरस्वति माबि बोटेचौर, नेपाल राष्ट्रीय आधारभूत बिद्यालय गुमीको अनुगमन मुल्यांकन गरिएको थियो। सीपमुलक तालिम प्राप्त सहभागीको ब्यबसायिक कार्यको अनुगमन गर्नुका साथै पेशागत तालिम लिन इच्छुक सम्भावित सहभागीको समेत लेखाजोखा गरिएको थियो । नगरपालिका र आइ.एन.एफ.को सहयोगमा आगामी दिनमा ३० जनालाई सहायता सामग्री तथा सहयोग प्रदान गर्ने सम्बन्धमा नगर प्रमुख, विषयगत शाखा र आइ.एन.एफ. बीच छलफल भएको थियो ।
आनुगमन तथा गृह भेटघाटको क्रममा जन्गंनाथ पौडेल, उत्तम बि क, जानकी घर्ति, भिम बहादुर घर्ति, भद्रकाली बुढा, रिमा घर्ति पूर्ण कला घर्ति, इन्द्र बहादुर घर्ति, छबिलाल नेपाली, घनश्याम गुरुङ लगायतकासंग गृह भेटघाट, समूह छलफल, तथा अन्तरक्रिया गरेको थियो भने परियोजनाबाट प्रदान गरिएका सीप, तालिम, सामग्री सहयोग, बिउ पुजी, स्वास्थ्य उपचार सहयोगको प्रभावकारिता बारे अनुगमन गरिएको थियो ।
नेपालका गरिब र पिछडिएका जनता र समुदायका लागि आफ्नो पूर्णतामा जीवन भन्ने परिकल्पनाका साथ आइएनएफले १९५२ देखि नेपालमा कुष्ठरोग, मेरुदण्डमा चोटपटक र अन्य अपाङ्गता भएका मानिसहरूलाई मद्दत गर्ने; केही दुर्गम र गरिब समुदायहरूमा विकासलाई सहज बनाउँछ र मेडिकल आउटरिच कार्यक्रमहरू सञ्चालन गर्ने गर्दछ । “अपांगता भएका व्यक्तिहरुको लागि आर्थिक सुधार, पहुच तथा समाबेशीकरण“ परियोजना सुर्खेतका ४ पालिकाहरु –बिरेन्द्रनगर, पञ्ंचापुरी, गुर्भाकोट र सिम्तामा जुलाई २०२२ देखि २०२५ सेप्टेम्बरका लागि संचालित छ ।