सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
फागुन १८,तुलसीपुर । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुने भएको छ । आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्ने प्रस्तावित कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए।
उनका अनुसार आजको बैठकमा सभामुखले प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धी, मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति र कार्यविभाजन सम्बन्धी र विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ ।
यस्तै दलको तर्फबाट प्रदेशसभा सदस्यले शुभकामना व्यक्त गर्ने कार्यसूची पनि रहेको छ । यस्तै यही फागुन १९ गते प्रदेशसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।