सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
फागुन १९, सुर्खेत । आइ.एन.एफ.नेपाल सुर्खेतद्वारा “अपाङ्गता भएका ब्यक्तिहरुको आर्थिक अवस्था सुधारका लागि पंहुच तथा समाबेशीकरण परियोजना“ अन्तर्गत सिम्ता गाउँपालिकामा अपांगता भएका ब्यक्तिहरुलाई व्हील्चियर, शौचालय चियर,मोडिफाईड कुशन, बैशाखी, वाकर, टेक्ने लट्ठी, सेतोछडी सहित करिब २ लाखको सहायता सामग्रीहरु फागुन १७ गते प्रदान गरेको छ । अपांगता भएका ब्यक्तिहरुलाई फिजियोथेरापी सेवा प्रदान गरिएको थियो।
व्हील्चियर, शौचालय चियर,मोडिफाईड कुशन, बैशाखी, वाकर, टेक्ने लट्ठी, सेतोछडी एक कार्यक्रमका बीच सिम्ता गाउँपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर राना र आइ.एन.एफ.का कार्यक्रम संयोजक ललितबहादुर सारुले संयुक्त रुपमा जय बहादुर खत्रीलाइ हस्तान्तरण गरेका छन । उक्त कार्यक्रममा पालिकाका निमित प्रमुख प्रसशाकिय अधिकृत टोपबहादुर राना, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सुनिता पौडेल, बालसंरक्षण अधिकृत भविन्द्र शर्मा, उद्योग शाखा प्रमुख सुबिता सिंह, आइ.एन. एफ. का कार्यक्रम संयोजक ललितबहादुर सारु, अनुगमन अधिकृत लोकप्रसाद गौतम, फिजियोथेरापिस्ट सुदिप बि. सी, टिमलिडर दिलबहादुर चौधरी समेतको सहभागिता रहेको थियो ।
\बिद्यालयको शौचालयको भौतिक संरचना सुधार गरी अपांगता मैत्री बनाउने कार्यको उपलब्धिको मुल्याकन गर्ने क्रममा बागेश्वरी माबिमा संचालित बागेश्वरी माबि अपांगता छात्रबासको अबलोकन, अपांगता पहुच युक्त शौचालय र प्रदान गरिएको सहयोग अनुगमन मुल्यांकन गरिएको थियो । यसैगरी अपांगता पहुच युक्त शौचालय निर्माण सहयोग प्राप्त ललिता बिक संग गृह भेटघाट र बबिता बिकलाई व्हील्चियर प्रदान गरियो ।
ब्यबसायिक सीप तालिम प्राप्त गरी ब्यबसाय गरेका बिरेन्द्र बि क, कविता बि सी संग अन्तरक्रिया गर्नुका साथै अपाङ्ग उत्थान केन्द्र, सिम्ताका सल्लाहाकार योगेन्द्र शाही, अध्यक्ष बिरेन्द्र ओली कोषाध्यक्ष जानकी पुरी, सदस्यहरु गणेश बि क, डिला गिरी, मनिषा टमाटा, खिमा बि क, महिमा रावत, मनिष बिक, महिसरा लुहार, धन सिंह थापा मगरसंग गृह भेटघाट, समूह छलफल, तथा अन्तरक्रिया गरेको थियो भने परियोजनाबाट प्रदान गरिएका सीप, तालिम, सामग्री सहयोग, स्वास्थ्य उपचार सहयोगको प्रभावकारिता बारे अनुगमन गरिएको थियो । पेशागत तालिम लिन इच्छुक सम्भावित सहभागीको समेत लेखाजोखा गरिएको थियो। सिम्ता गाउँपालिका र आइ.एन. एफ को सहयोगमा आगामी दिनमा सहायता सामग्री तथा सहयोग प्रदान गर्ने सम्बन्धमा छलफल समेत भएको थियो ।
नेपालका गरिब र पिछडिएका जनता र समुदायका लागि आफ्नो पूर्णतामा जीवन भन्ने परिकल्पनाका साथ आइ.एन.एफ ले १९५२ देखि नेपालमा कुष्ठरोग, मेरुदण्डमा चोटपटक र अन्य अपाङ्गता भएका मानिसहरूलाई मद्दत गर्ने; केही दुर्गम र गरिब समुदायहरूमा विकासलाई सहज बनाउँछ र मेडिकल आउटरिच कार्यक्रमहरू सञ्चालन गर्ने गर्दछ । भने “अपांगता भएका व्यक्तिहरुको लागि आर्थिक सुधार, पहुच तथा समाबेशीकरण“ परियोजना सुर्खेतका ४ पालिकाहरु –बिरेन्द्रनगर, पंचपुरी, गुर्भाकोट र सिम्तामा जुलाई २०२२ देखि २०२५ सेप्टेम्बरका लागि संचालित छ ।