गजल

आइतबार, फागुन २०, २०८०

आफ्नो सामानको सुरक्षा आफै गर्नु होला!
खहरे खोला उर्लेको छ होश गरी तर्नु होला!

हजारौं चुनौती आउछ र जान्छ जिन्दगीमा!
चुनौतीलाई छिचोल्दै आफ्नै पेट भर्नु होला!

बर्ण भेद छ दुनियाँमा सहनु पर्ने बाध्यता छ!
कतै विकल्प भेटिएमा त्येतै बसाइँ सर्नु होला!

यो समय बदनाम छ मानवताको लिलामिले!
होशियारी अपनाउनु भो नजीरमा पर्नु होला!

लोभ्याउने त्यो नजरले म त त्येसै कायल हुन्छु!
अव्यक्त त्यो प्यार नबुझेर लाजले नै मर्नु होला!

  •   आकाश अधिकारी-तनहुँ

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  २०:३८
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार