वडा सदस्यको उपचारको लागि महावै गाउँपालिकाको एक लाख सहयोग

मंगलबार, माघ २, २०८०

माघ २, नेपालगन्ज । कालिकोट महावै गाउँपालिकाले बस दुर्घटनामा घाइते वडा सदस्यको लागि आर्थिक सहयोग घोषणा गरेको छ । वडा सदस्य तिल उपाध्यायको आर्थिक अवस्था समेत कमजोर भएकोले उपचारको लागि सहयोग स्वरुप गाउँपालिकाले एक लाख सहयोग गरेको अध्यक्ष खेम बहादुर सिंहले बताए ।  
गत पुस २७ गते नेपालगन्ज बाट काठमाण्डौ जाने क्रममा राती ११ः०० बजे दाङको भालुवाङमा भे.१.ख. ३९१२ नम्बरको बस दुर्घटनामा महावै गाउँपालिका वडा नं. ५ का वडा सदस्य तिल उपाध्याय घाइते भएका थिए । घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनको उपचारका लागि आ–आफ्नो स्तरबाट सहयोग गर्नुहुने महानुभावहरुलाई गाउँपालिकाले हार्दिक धन्यवाद समेत व्यक्त गरेको छ ।

417533935_7081447375267843_7283279078932977801_n-1705423790.jpg
साथै दुर्घटनामा ज्यान गुमाउने मृतकहरु प्रति पनि गाउँपालिका अध्यक्ष सिंहले जारी गरेको विज्ञप्तिमा हार्दिक श्रद्धाञ्जली र घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  २०:२३
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार