सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
फागुन २३, बाँके । नेपालगन्जमा ६ सन्तानकी आमालाई एक युवकले भगाएका छन । नेपालगन्ज उपमहानगरपालिका २० बस्ने रुपा तिरुवालाई कोहलपुर बस्ने बिरे थापाले फागुन ३ गते भगाएर लगेका हुन । थापाले भगाएकी श्रीमतिको खोजिका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा जानकारी गराएको श्रीमान परे तिरुवाले बताए । घर व्यवहार अस्तव्यस्त भएको भन्दै श्रीमतिको खोजिगरिदिन उनले संचार माध्यम लगायत सबै सँग अनुरोध गरेका छन ।
श्रीमति आउछेकी भनेर कुरा ढिला बाहिर ल्याएको पनि उनले बताए । उनले भने, ‘६ बच्चा कि आमा मेरो श्रीमती बच्चालाई छोडेर पर पुरुषसंग गई । नगद र गहना समेत लिएर गएपछि बच्चाको बिचल्ली भयो । न त नगद छ न श्रीमति, बुढेसकालमा जिन्दगी बर्वाद भयो ।’ परपुरुष सँग गएपनि अझै घरमा आएर बस्छु भनेमा आफुले श्रीमतिलाई राख्ने समेत तिरुवाले बताए ।
श्रीमान परे तिरुवा, श्रीमति रुपा र भगाउने बिरे थापा तीनै जना जाजरकोट छेडागाड नगरपालिकाका बासिन्दा भएको र बसाइ सराइ गरि तिरुवा नेपालगन्ज र थापा कोहलपुरमा यसअघि आएको खुलेको छ । तिरुवाले आफ्नो पहिले घर छेडागाड नगरपालिका ६ थाना रहेको समेत बताए । श्रीमति रुपालाई भगाउने युवक बिरे थापाको घर छेडागाड नगरपालिका ६ सुवाखोला भएको र हाल कोहलपुर बस्ने गरेको उनको भनाइ छ ।
रुपा तिरुवाका ६ सन्तान मध्ये ४ जनाले विवाह गरिसकेका छन भने थापाका पनि बच्चा बच्ची भएको र श्रीमति पार्वती थापा रोजगारीको सिलसिलमा कुवेतमा रहेको बताइएको छ । तिरुवा पनि रोजीरोटीको लागि भारतामा रहदा यता श्रीमतिले दैनिक थापासँग भिडियो कल गर्ने, घरमै आउने जाने गरेको आफ्ना बच्चाले भने पनि घरबार बिग्रेला भनेर आफु यसअघि मौन बसको परे तिरुवाले बताए ।