देवदहमा आत्म सुरक्षा तालिम सुरु

बुधबार, फागुन ३०, २०८०

फागुन ३०, रुपन्देही । लागुपदार्थ दुव्र्यसनी, समाजमा घट्ने घटना, बाल विवाह, लैङ्गिक हिङ्सा जस्ता सामाजिक घट्नाहरुका लागि सचेतना बृद्धि तथा आत्मरक्षा तालिम देवदह नगरपालिका ७ नं वडामा .संचालन भएको छ । मंगलबार वडाले आयोजना गरेको तालिम तीन दिन सम्म चल्ने छ ।

प्रमुख अतिथि देवदह नगरपालिका उपमेयर बिद्यालक्ष्मी  गुरुङ, प्रशिक्षक हेमा खडका, बिमला क्षेत्री  रहेका थिए ।  देवदह  माध्यमिक बिद्यालय, सगरमाथा बोर्डिङ, ग्रीन प्लान इङ्ग्लिस बोर्डिङ स्कुलका ११/१२ कक्षाका किशोरीहरुलाई प्रशिक्षण गराइएको छ ।  

देवदह नगरपालिकाका खैरेनी प्रहरी कार्यलयका इन्सेक्टर डाक्टर चौधरीले पनि लागुपदार्थ दुव्र्यसनी, बालबिबाह, साइबर क्राइमको बारेमा प्रशिक्षण दिएका थिए । यो कार्यक्रम ३ दिनसम्म रहनेछ ।  

आगामी वर्ष देवदह नगरपालिकामा पाठ्क्रममा पर्नेगरि जिल्ला प्रहरी कार्यलयसँग सम्झौता भएको छ । देवदह नगरपालिकाका उपमेयर बिद्या लक्ष्मी गुरुङ्ले महिला उद्यमी लगायत आगामी लक्षित कार्यक्रम अझै बढावा दिदै महिलासँग जोडिएको कार्यक्रम घोषणा गरेकी थिइन ।  

आत्मसुरक्षा तालिम सैद्धान्तिक र ब्यबहारिक रूपमा हुने प्रशिक्षक हेमा खडकाले जानकारी दिएकी छन ।
 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ०६:४६
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार