देवदहमा किशोरीलाई ३ दिने आत्मरक्षा तालिम

शुक्रबार, चैत २, २०८०

चैत २, रुपन्देही । रुपन्देहीको देवदहमा किशोरीहरुका लागि ३ दिने सचेतना वृद्धि तथा आत्मरक्षा तालिम सम्पन्न भएको छ । देवदह नगरपालिका वडा नं ७ को आयोजनामा भएको तालिमको एक कार्यक्रमका बिच उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

तालिममा देवदह मा.वि, सगरमाथा आवासीय मा.वि र ग्रीन प्लान्ट आवासीय मा.विको कक्षा ११/१२ अध्ययनरत ५० जना छात्राहरु सहभागिता रहेको थियो । सहभागीलाई नेपाल मार्सल सेल्फ डिफेन्सका कोच दोए हेमा खड्का र बिमला क्षेत्रीले आफूमाथी आक्रमण भएमा कसरी प्रतिरक्षा गर्ने भन्ने विषयमा सहजीकरण गर्नु भएको थियो । सोहि अवसरमा दोस्रो दिनको सेसनमा देवदह प्रहरी कार्यलयका इन्स्पेक्टर डाक्टर चौधरीले लागुपदार्थ दुव्र्यसनी, बालबिबाह, साइबर क्राइमको बारेमा प्रशिक्षण दिनुभएको थियो ।

तालिमको समापन गर्दै उपप्रमुख गुरुङ्गले लैङ्गिक हिंसा न्यूनिकरणको लागि सवै एकतावद्ध भएर लाग्न आवश्यक रहेको औल्याउनु भयो । उहाले यस तालिमले जुनसुकै समयमा पनि किशोरीमाथि हुन सक्ने विविध प्रकारका हिंसाहरुको विरुद्धमा प्रतिकार गर्न सशक्त बनाउने हुदा तालिम फलदायीक रहेको बताउनुभयो । उहाले तालिममा सिकेका ज्ञान र सीपलाई व्यवहारमा उर्तान सकेमात्र तालिमको औचित्य हुनेमा जोड दिनु भयो । उपप्रमुख गुरुङ्गले सामाजिक सञ्चाजका कारण पछिल्लो समय अपराध र हिंसा बढिरहेको बताउदै सामाजिक सञ्जाललाई सही तरिकाले सदुपयोग गर्न आग्रह गर्नु भयो।432766682_390106546987820_579887687881016520_n-1710463781.jpg

देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगर खेलकुद विकास समितिका संयोजक कमल पाण्डे, प्रशिक्षक हेमा खड्का, ग्रिनप्लान्ट आवासीय माविका विद्यार्थी अस्मिता भट्टराई, सगरमाथा आवासीय माविका विद्यार्थी अमिसा भण्डारी र देवदह माध्यमिक विद्यालयका मौर्य विक, एना थापा लगायतले बोल्दै तालिमले आफुहरुलाई उर्जा प्रदान गरेको बताएका थिए । उनीहरुले तालिम पछि समाजमा हुने हिंसा विरुद्ध लड्न आत्मविश्वास बढाएको बताएका थिए । कार्यक्रम एलिना हमालको सञ्चालन सम्पन्न भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  ०६:३५
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार