सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
चैत २३, जाजरकोट । छेडागाड नगरपालिकाले प्रदान गरिने बस्तु तथा सेवाहरुको गुणस्तरियता सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । असलशासन क्लब जिल्ला समन्वय समिति जाजरकोटका प्रतिनिधि बासुदेव शर्माले सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रमको मुख्य वक्तामा नगर प्रमुख रत्न बहादुर खड्का रहेका थिए । कार्यक्रमका अन्य जवाफदेही वक्ताहरुमा उप प्रमुख चन्द्र थापा, नि. प्रमुख्र प्रशासकीय अधिकृत गंग बहादुर रोकाय, विषयगत शाखाका प्रमुखहरु, वडाअध्यक्षहरु, वडा सचिवहरु, राजनीतिक दलका प्रतिनिधि समेत रहेका थिए । बस्तु तथा सेवाको गुणस्तरमा बृद्विगरि नागरिक मैत्री सेवा बनाउनु पर्नेमा सहभागीहरुको जोड रहेको थियोे । खासगरी विषयगत शाखाहरु कृषि, पशु, शिक्षा, स्वास्थ्यबाट प्रवाह हुने सेवा र बस्तु लगायत योजनाको थप गुणस्तर कसरी बृद्वि गर्न सकिन्छ भने विषयमा सहभागीहरुको जिज्ञासा रहेको सूचना अधिकारी देव बहादुर बुढाले जानकारी दिए ।