सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
२७ चैत, सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता यामलाल काँडेलले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । कँडेलले एमाले–माओवादी र नेकपा एकीकृत समाजवादी सहित २३ सांसदले हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख तिलक परियार समक्ष मंगलबार बेलुकी दाबी पेस गरेका हुन् ।
कर्णाली प्रदेश सभामा नेकपा एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका एक सहित २३ प्रदेश सभा सदस्य रहेका छन् । एमालेका १० प्रदेश सभा सदस्यमा सभामुख नन्दा गुरुङ्गलाई भने गणना गरिएको छैन् ।
प्रदेशमा सरकार गठनका लागि २१ जना आवश्यक पर्छ ।