छेडागाडमा ग्लोबल आईएमई बैंकको काउन्टर बिस्तार

शनिबार, वैशाख १, २०८१

चैत ३०, जाजरकोट । छेडागाड नगरपालिका १२ मनाघाट स्थित ग्लोबल आईएमई बैंकको काउन्टर बिस्तार गरिएको छ ।   संचालनमा आएको छ । 
शुक्रबार दिउसो नगर प्रमुख रत्नबहादुर खडकाले रिबन काटेर Extention Counter उदघाट्न  गरेपछि बैंकिङ कारोबार संचालनमा आएको निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगबहादुर रोकायले जानकारी दिएका छन । 

नगरपालिकामा एउटा मात्रै बैंक हुँदा कारोबारको क्रममा भिडभाड धेरै हुने र नगरपालिकाबासीलाई बैंकिङ सेवा सहज नभए पछि केही महिना पहिले  नगरपालिकाको बिशेष पहलमा बैंकलाई शाखा बिस्तार गर्न अनुरोध गरिएको थियो । 

थलहमा रहेको ग्लोबल आईएमई बैंकको शाखाले काउन्टरको बिस्तार गरेपछि बैंकिङ सेवा सहज भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रोकायले बताए । अब नगरपालिकाबासीलाई बैंकिङ कामको लागि पहिलेको जस्तो समस्या नहुने, आर्थिक कारोबार सहज हुने गरि स्थापना भएको उनले बताए ।
 

प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  ००:०४
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार