चामलको बोराभित्र लागु औषध लुकाएर ओसारपसार

आइतबार, वैशाख ९, २०८१

९ वैशाख, काठमाडौं । चामलको बोराभित्र लागु औषध लुकाएर ओसारपसार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सप्तरीको खडक नगरपालिका–११ वनौलीका ४७ वर्षीय राम लोचन मुखिया र सप्तरीकै बरहथवा नगरपालिका–११ घर भएका ४ वर्षकै कमल अधिकारी छन् । लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

६ वैशाखमा नागढुंगा चेकपोष्टबाट डाइजापाम, नोर्फिन र फेनारगन गरी ३ हजार ३०८ ट्याब्लेटसहित मुखियालाई प्रहरीले पक्राउ गरेको थियो । चामलको बोराभित्र लुकाएर उनले उक्त लागु औषध ल्याएका थिए ।

उक्त लागु औषध काठमाडौं आइसकेपछि अधिकारीले बेच्ने गरेको पाइएपछि उनलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता तथा एसपी रामेश्वर कार्कीले बताए । 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १६:२८
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार