सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बैशाख १०, बाँके । नेपालगन्ज एयरपोर्ट बस्ने पृथी बहादुर बुढामाथि आक्रमणको प्रयास गर्ने पवन कोइरालालाई कोहलपुर इलाका प्रहरीले पक्राउगरि मुद्दा चलाएको छ ।
कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख धर्मराज अधिकारीले पृथी बहादुर बुढालाई आक्रमण गर्न खोज्ने पवन कोइरालालाई पुलिसले नियन्त्रणमा लिइ मुद्दा चलाएको र म्याद थप गरिएको बताए । यस अघि बुढाले सोही ठाउँ बस्ने कोइरालाले आफुमाथि आक्रमणको प्रयास गरेको बताएका थिए ।
एयरपोर्टमा आफ्नो पनि पसल भएको र नजिकै पसल गर्ने पवनले बैशाख ७ गते बेलुकी पछाडीबाट गर्धनमा धारीलो हतियार प्रहार गर्न उचालेको अवस्थामा छिमेकी पवित्रा पौडेलले रोकी ज्यान बचाएको बुढाले बताएका थिए ।