विस्तृत कुराकानी

राष्ट्रपति पौडेल र कतारका राजाबीच भेटवार्ता

दुबै मुलुकको सम्बन्धलाई थप मजबुत तुल्याउनेमा कुराकानी
मंगलबार, वैशाख ११, २०८१

११ वैशाख, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको छ ।

अपराह्न भएको दुई राष्ट्रप्रमुखबीचको भेटमा नेपाल र कतारबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल हुनुका साथै दुबै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत तुल्याउने विषयमा पनि विस्तृत कुराकानी भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् ।Quatar-Amir-and-rastrapati-ramchandra-poudel-meeting-at-Sheetal-niwash2-1713876105.jpg

शीतल निवासको गण्डकी हलमा भएको भेटवार्तामा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, सवारी व्यवस्थापनको जिम्मेवारीमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्तेतलगायत विशिष्ट पदाधिकारीहरु सहभागी थिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १८:२६
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार