रणसिं परियार माओवादीबाट मन्त्री बन्दै

बुधबार, वैशाख १२, २०८१

१२ वैशाख, सुर्खेत । कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र)को तर्फबाट रणसिं परियार मन्त्री बन्ने भएका छन् ।  आज बिहान बसेको माओवादी संसदीय दलको बैठकले परियारलाई सरकारमा पठाउने निर्णय गरेको हो। यद्यपि परियारको मन्त्रालयको टुङ्गो भने लगाइएको छैन ।

आज माओवादीको तर्फबाट परियारलाई पठाउने, मन्त्रालय र बाँकी मन्त्रीको टुङ्गो मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिइसकेपछि छनोट गरिने सांसद कृष्ण बहादुर जिसीले बताए । मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिँदै छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ०९:१९
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार