कराते प्रतियोगिता

प्रथम डम्बर बहादुर खड्का स्मृति दैलेख जिल्ला स्तरिय कराते प्रतियोगिता सम्पन्न

बुधबार, वैशाख १२, २०८१

बैशाख १२, दैलेख । प्रथम डम्बर बहादुर खड्का स्मृति दैलेख जिल्ला स्तरिय कराते प्रतियोगिता सम्पन्न भएको छ । दैलेख नारायण नगरपालिका १ स्थित रहेको कर्बड हलमा प्रथम डम्बर बहादुर खड्का स्मृति जिल्ला स्तरिय कराते प्रतियोगिता आयोजना गरिएको थियो ।

जिल्ला खेलकुद बिकास समितिमा सम्पन्न भएको प्रतियोगिताको प्रमुख अतिथि दैलेख नौमुले गाउपालिका अध्यक्ष छबि सुबेदी रहेका थिए भने कार्यक्रमको सयोजक जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष गोपाल बहादुर बुढा रहेका थिए । 

यसैगरी विशेष अतिथिहरुमा निमित्त प्रमुख जिल्ला अधिकारी गणेश कोइराला, प्रहरी नायब उपनिरिक्षक सुनिल दाहाल, कराते महासङ्घ दैलेख अध्यक्ष खगेन्द्र सिंह रहेका थिए । गढि डोजो दैलेखबाट आयोजना गरिएको यो प्रतियोगिता जिल्ला प्रदेश हुदै राष्ट्रिय प्रतियोगिता सम्म गराउने लक्ष्य रहेको प्रमुख प्रशिक्षक हेमा खड्काले बताइन ।435585364_661047716150535_7400088211967071393_n-1713952353.jpg
दैलेख नारायण नगरपालिका १ स्थित रहेको कर्बड हलमा आयोजना भएको प्रतियोगिता जिल्ला खेल्कुद बिकास समितिमा औपचारिक कार्यक्रमका साथ सम्पन्न भएको हो । स्व डम्बर बहादुर खड्का दैलेखको एक परिचित सफल ब्यापारी, सन्चार क्षेत्रमा अमुल्य योग्दान दिने ब्यक्तिका साथै समाजसेवामा पनि उत्तिकै समर्पित थिए ।436707756_1551031532346077_8143327103381431170_n-1713952381.jpg
खेललाई माया गर्ने र खेलप्रेमी पनि भएकाले आफ्नो छोरीलाई खेल क्षेत्रमा सफल भयको देख्ने खडकाको सपना थियो । सोही सपना पुरा गर्नका लागि उनको सम्झानामा आफ्नो  गढि डोजो बाट प्रतियोगिता आयोजना गरिएको प्रशिक्षक हेमा खडकाले बताइन । जुन खेल प्रतियोगिताले एक क्षमतावान खेलाडी उत्पादन हुने सम्भावना बढ्दै जाने समेत प्रशिक्षक खडकाको भनाइ छ ।

यस्तै प्रतियोगितामा ३५ के .जि  पुरुष तर्फको तौल समुहमा प्रथम विक्रम बि.क,  द्धितिय  जिवन सिंह, तृतीय सम्राट प्याकुरेल भएका छन ।  ३८ के .जि  पुरुषतर्फको तौल समुहमा प्रथम मुकेश शाही,  द्धितिय लोकराज थापा, तृतीय हेमन्त शाही र रोहित के. सी. भएका छन । ४५ के .जि  पुरुषतर्फको तौल समुहमा  प्रथम राजेन्द्र बोगटी,  द्धितिय अर्जुन बोहोरा, तृतीयअर्जुन बि.क. भएका छन ।

५० के. जि पुरुषतर्फको तौल समुहमा  प्रथम धिरेन्द्र सिंह,  द्धितिय बलबहादुर गिरी भएका छन । ३८ के. जि महिला तर्फको तौल समुहमा प्रथम शृजना विष्ट भएकी छन । ४२ के. जि  महिला तर्फको तौल समुहमा प्रथम सभ्यता खड्का,  द्धितिय कमला सिह भएकी छन । ४६ के. जि महिला तर्फको तौल समुहमा  प्रथम दुर्गा दर्लामी मगर,  द्धितिय लक्ष्मि सोनी भएकी छन ।

५२ के. जि महिला तर्फको तौल समुहमा प्रथम कृति कटुवाल,  द्धितिय हेमा सुनार भएकी छन । ५५ के. जि महिला तर्फको तौल समुहमा प्रथम गङ्गा कटुवाल,  द्धितिय ः भावना शाही, तृतीय सदिक्षा श्रेष्ठ भएका छन । महिला एकल काता तर्फ प्रथम शृजना विष्ट,  द्धितिय दुर्गा दर्लामी मगर, तृतीय कृतिका कटुवाल र भावना शाही भएकी छन ।

पुरुष एकल काता तर्फ प्रथम राजेन्द्र बोगटी,  द्धितिय अर्जुन बोहोरा, तृतीय अर्जुन बि.क. र लोकराज थापा भएका छन । महिला तर्फको Best Players अवार्ड शृजना विष्ट र पुरुष तर्फको Best Players अवार्ड धिरेन्द्र सिंहले पाएका छन ।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १५:३८
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार