कविताः तृष्णा

शनिबार, वैशाख १५, २०८१

निर्मल सेतो
शक्तिसालि कलाकारको
कुच्चि को 
प्रतिक्षामा 
भित्तामा एकतमास
ठडिएको म क्नभास  !

रंग हरू संग 
रासलिला मच्चाउदै 
लत्पतिएको 
कुच्चिकार संग डराउँछु ।

छितिजको लालि
उसाको किरण 
बादलुको धुम्टो
बराल्लि रहेको बतासले 
साउती मारेको हेर्नु छैन ।

बैसालु मन 
चुलबुले आँखा
बराल्लिने पैतला
बन्नु छैन । 

एउटा 
सुन्दर आकृति कोरियोस
मेरो छातिमा
जसले
युग बदलिएको 
आभास होस ।
बिभत्स दृष्य नहोस
युद्दको  रणसंग्रम नहोस ।
आँशुको खोला नहोस ।
जालझेल 
छलकपट नहोस । 

बरू
मेरो छातिमा
सगरमाथा अटोस ।
सुस्ता र लिपुलेखले
मलाई 
कुल्चदै अघि बढोस ।
 
सुगिता शाह काठमाडौ

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १३:०९
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार