योग शिविर

गोरखा युनाइटेड पब्लिक स्कुलमा योग शिविर सम्पन्न

योग ध्यानको कार्यक्रमलाई निरन्तरता दिने निर्देशक आलेको भनाइ
शनिबार, वैशाख १५, २०८१

बैशाख १५, बाँके । गोरखा युनाइटेड पब्लिक स्कुल कोहलपुर २ बाँकेले योग शिविर सम्पन्न गरेको छ । स्वस्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने नारा सहित बैशाख १२ गते देखि १५ गतेसम्म शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावक सहभागी गराएर योग शिविर सम्पन्न गरेको हो । 436668559_265708309870859_5711510521027953718_n-1714210807.jpg
 

चार दिने शिसविरमा बैशाख १२ र १३ गते बिद्यालयमा कार्यरत शिक्षक ÷ कर्मचारीहरुलाई कार्यदक्षता र सिर्जनात्मक सोचको विकास कसरी गर्ने, बालबालिकाको बाल मनोविज्ञान कसरी बुझ्ने र बालबालिकालाई सिर्जनशील कसरी बनाउने भन्ने बारे शिविरमा प्रशिक्षित गरिएको थियो । बालबालिकालाई ध्यान योगको माध्यमबाट सकारात्मक परिवर्तन लगायत तनाव बिर्सजनबारे पनि शिविरमा सिकाइएको विद्यालयले जनाएको छ । 436642029_365496169227875_6640104872514000697_n-1714210761.jpg

त्यस्तै १४ गते विद्यार्थीहरुलाई योगाभ्यास ध्यान र प्रणायम लगायत सिर्जनशील रचनात्मक कसरी बन्ने भन्नेबारे सिकाउने काम भएको थियो । यस्तै १५ गते बिद्यालयमा अध्ययनरत बिद्यार्र्थीको अभिभावकहरुलाई योग, ध्यान, मेडिटेसन र प्रणायम जीवन शैली रुपान्तरण सकारात्मक सोच सम्बन्धि मुख्य प्रशिक्षक साइकोलोजिस्ट योगगुरु, योगी नवराज छमजीले योगाभ्यास, ध्यान र प्रणायम गराएका थिए ।436803127_1177484629924729_1752088720656677659_n-1714210863.jpg
 
योग शिविरको अन्तिम दिन समापन गर्दै सकारात्मक सोच बिना सकारात्मक रुपान्तरण असंभब हुने भएकोले अभिभावक शिक्षक र बिद्यार्र्थीहरुको लागि गोरखा युनाइटेड पब्लिक स्कुलले योग शिविर आयोजना गरेको डाइरेक्टर केशर आलेले बताए  । 

आगामी दिनमा योग ध्यानको कार्यक्रमलाई निरन्तरता दिने निर्देशक आलेको भनाइ छ । सकारात्मक सोच र आफु भित्र रहेका असीमित क्षमता, उर्जा  जागरण  र अस्तव्यस्त जीवन रुपान्तरण गरि ब्यवस्थित गर्ने उदेश्य केन्द्रित योग शिविर फलदायी भएको समेत निर्देक आलेले बताए । योग शिविर समापन कार्यक्रममा प्रशिक्षक छमजी लाई गोरखा स्कुलको तर्फबाट  मायाको चिनो हस्तान्तरण गरिएको थियो ।436834701_1119119545961017_5584265075297878909_n-1714210914.jpg

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १५:२९
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार