नेपालगञ्ज एकीकृत जाँच चौकी

सोमबार, वैशाख २४, २०८१

२४ वैशाख, नेपालगञ्ज। नेपालगञ्जस्थित एकीकृत जाँच चौकी सञ्चालनमा आएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जाँच चौकीको शुभारम्भ गरेका हुन् ।

शुभारम्भमा नेपालबाट प्लाइउड बोकेको दुई ट्रक भारततर्फ निर्यात भएको थियो । भारतबाट आएको एक ट्रक सोही अवसरमा नेपाल प्रवेश गराइएको थियो । कार्यक्रममा मन्त्री भण्डारीले एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि मध्य पश्चिम क्षेत्रको व्यापार बढ्ने र देशको अर्थतन्त्र उकास्न मद्दत पुग्ने बताए ।

कार्यक्रममा वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार घिमिरेले एकीकृत जाँच चौकीको सञ्चालनले निर्यात प्रवर्द्धन र आयात–निर्यातलाई सहज बनाउने बताए ।एकिकृत जाँच चौकीको निर्माणको काम २६ असोज २०७७ गते सुरु भएको थियो । यसको निर्माण २०८० फागुनमा सम्पन्न भएको हो । कुल ४५.८१ हेक्टर क्षेत्रफलमा फैलिएको यस एकीकृत जाँच चौकीमा पहिलो चरणमा १८.०५ हेक्टरमा संरचनाहरुको निर्माण भएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १८:२६
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार