सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ब्रेक थ्रु

बुधबार, वैशाख २६, २०८१

२६ वैशाख, काठमाडौं । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाइभर्सन बहुउद्देशीय आयोजनाको सुरुङ ब्रेक थ्रु भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ब्रेक थ्रु गरेका हुन् ।

बुधबार सिन्धुलीमा आयोजित कार्यक्रममा यो आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने उनले बताए ।प्रधानमन्त्री प्रचण्डले आयोजना सम्पन्न भएपछि सिंचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन वृद्धि हुने विश्वास व्यक्त गरे ।‘

बागमती प्रदेशको सिन्धुली जिल्लास्थित आयोजनाले मधेश प्रदेशको ५ जिल्लाका उर्वरभूमिमा वर्षैभरि सिंचाइ सुविधा पुग्नेछ, राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान एवं जलविद्युत् उत्पादन हुनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘आज सुरूङको ‘ब्रेक–थ्रु’ भएको छ, यस आयोजनाको बाँकी कामसमेत निर्धारित समयमा नै सम्पन्न हुनेछ ।’

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १२:३९
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार