प्रधानमन्त्रीको निर्देशन

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिलाई महत्वपूर्ण निर्णय नगर्न प्रधानमन्त्रीको निर्देशन

विश्वविद्यालयमा प्राध्यापक संघ संगठनको तालाबन्दी
बिहीबार, माघ ४, २०८०

माघ ४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिलाई महत्वपूर्ण निर्णय नगर्न निर्देशन दिएका छन् ।

विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्रीले उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहको पदावधि निकट भविष्यमै सकिन लागेकाले माघ ३ गतेपछि कुनै सरुवा, नियुक्ति सम्बन्धन, अनुमति लगायतका दीर्घकालीन असर पर्ने निर्णय नगर्न नगराउन निर्देशन दिएका हुन् ।

विश्वविद्यालयले विभिन्न कार्यक्रमको सम्बन्धन दिन लागेको भन्दै प्राध्यापक संघ संगठनले तालाबन्दी गरेका छन् ।

Mapa-University-1705589029.jpg
 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  २०:२५
प्रतिक्रिया दिनुहोस्