मृतक परिवारलाई छिमेकको सहयोग

बिहीबार, वैशाख २७, २०८१

बैशाख २७, बाँके । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कोहलपुर बाँकेले मृत्यु दावी भुक्तानी गरेको छ । बैजनाथ गाउँपालिका–३ बनखेतका स्वर्गीय राम बहादुर रानाको मृत्यु भएपछि बीमा वापतको ५ लाख २५ हजार रुयैयाँ बराबरको चेक बिहीबार अनुगमन प्रमुख संजयराज बिष्ट द्वारा हस्तान्तरण गरिएको हो ।

उक्त चेक कोहलपुर शाखाका कर्मचारी तथा समूहका सदस्यहरूको उपस्थितिमा मृतकको श्रीमती अमृता राना मगरलाई हस्तान्तरण गरिएको हो ।

मृतकको श्रीमती अमृता राना मगरले पतिको असामयिक निधनले परिवारमा ठूलो क्षति र पीडाका बेला लघुवित्तको यस सहयोगले धेरै नै राहत मिलेको बताइन ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  २०:४९
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार