आगामी चुनावहरु

दैलेखको उभारले आउने चुनाव माओवादीले जित्ने सम्भावना देखिएको छः मन्त्री के.सी.

शनिबार, जेठ ५, २०८१

बैशाख ५, दैलेख । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सरकारका अर्थमन्त्री महेन्द्र के.सी. ले दैलेख जिल्लामा माओवादी पार्टी प्रति देखिएको उभारले एउटा उत्साह पैदा गरेको बताएका छन । 

यही रफतारमा अगाडि बढ्दा दैलेखमा माओवादी केन्द्रले आगामी स्थानीय प्रदेश र संघका चुनावहरु दैलेखमा जित्ने दावि गरे ।

नेकपा माओवादी केन्द्र दैलेखको जिल्ला समन्वय समितिको बैठकमा सहभागी हुन शनिबार दैलेख जिल्ला पुगेका मन्त्री के.सी.ले जिल्लाको देवकोटा चोकमा  पार्टीको नारायण नगर कमिटीको कार्यलय र जिल्ला समन्वय समितिको सम्पर्क कार्यलयको समेत उदघाटन गरेका थिए ।

सो क्रममा मन्त्री के.सी.ले आफू केही गर्ने उदेश्यका साथ काममा लागिरहेको समेत बताए ।
 

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १८:४९
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार