सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
११ जेठ, काठमाडौं । नेपालमा कारोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको हो ।
केपी.१ र केपी.२’ ओमिक्रोन भेरिएन्टकै सब–भेरिएन्ट हो। हाल उक्त भाइरस सिंगापुर अमेरिका लगायत अफ्रिकी मुलुकमा देखिएको छ । ४० प्रतिशतको हाराहारीमा पुष्टि हुनुले उक्त भाइरस समुदाय स्तरमा फैलिरहेको प्रयोगशालाका एक उच्च अधिकारीले बताए । ‘संकलन भएको नमुनालाई जिन सिक्वेन्सिङ मार्फत ‘केपी.२’ बढी फैलिरहेको देखिएको छ,’ स्रोतले भन्यो, ‘ उक्त तथ्याकले समुदाय स्तरमै फैलिरहेको पुष्टि गर्छ ।’
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन अन्य भेरियन्टभन्दा केपी.२ छिटो फैलिएको पाइएको बताउँछन् । ‘केही महिना अगाडी युरोपेली देशमा संक्रमण बढ्नुमा ‘केपी.२’ रहेको पाइएको छ,’ डा. पुनले भने, ‘ नेपालमा पनि पुष्टि भएसँगै संक्रमण बढाउनसक्ने आंकलन गर्न सकिन्छ ।’ उनका अनुसार ‘केपी.१’ र ‘केपी.२’ ले कारण मानिस कति जोखिममा पर्छन् भन्ने पत्ता लागिसकेको छैन ।