सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
जेठ ११, दैलेख । डिन दैलेखले स्थापना दिवसका अवसरमा बिरामीलाई फलफुल बितरण गरेको छ । प्राविधिकहरुको हकहितका निमित्त विगत लामो समय देखि बुलन्द आवाज उठाउदै आईरहेको तथा एक गर्विलो इतिहास बोकेको प्राविधिक पेशा कर्मिहरुको साझा संगठन डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल(डिन) को ४४औं स्थापना दिवसको अवसरमा दैलेख जिल्ला कार्य समितिले हेमा खड्काको अध्यक्षतामा स्वास्थ्य सेवा कार्यलय दैलेखका सबै वाडका बिरामिहरुमा फलफुल, जुस बितरण गरेको छ ।
साथै बिरामीहरुको स्वास्थ्य लाभको कामना गर्दै डिन दिवस मनाइएको छ । हरेक वर्ष स्थापना दिवस नयाँ नयाँ कार्यक्रम गर्दै यो भन्दा अगाडिको वर्ष प्राबिधिक र स्वास्थ्यकर्मि सङ्ग मैत्रीपुर्ण फुटसल कार्यक्रम गरियको थियो । यसपटक ४४ औ वार्षिक उत्सव अस्पतालका बिरामीहरुलाई फलफुल, जुस बितरण गरेर मनाइएको छ । आगामी दिनहरुमा पनि अतिरिक्त र प्रभावकारी कार्यक्रम गरिने अध्यक्ष हेमा खडकाले बताइन । जिल्ला स्थित प्राबिधिक हक हितका निम्ति डिन सदैब बुलन्द आवाज भएर लाग्ने र देश निर्माणमा प्राबिधिकहरुको ऐक्यबद्धाता भयर लाग्ने अध्यक्ष खडकाको भनाइ छ ।