सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
१२ जेठ, दमौली । तनहुँको व्यास नगरपालिकाको मेयर पदको पुनः मतगणना असार २ मा हुने भएको छ । ३१ वैशाख २०७९ मा निर्वाचन भएर नगर प्रमुख वैकुण्ठ न्यौपानेले पद सम्हालेको २ वर्षपछि उच्च अदालत पोखराले पुनः मतगणना गर्नुपर्ने फैसला सुनाएको हो ।
उच्च अदालतले १ जेठमा गरेको फैसलाको पूर्णपाठ बिहीबार जिल्ला निर्वाचन कार्यालय तनहुँ लगायतका विपक्षीलाई दिइएको छ । जसमा असार २ गते बिहान मत गणना गर्ने समय तोकिएको छ ।
नगर प्रमुखका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले धाँधली गरेर नेपाली कांग्रेसका उम्मेदवार बैकुण्ठ न्यौपानेलाई निर्वाचित घोषणा गरिएको भन्दै १२ जेठ २०७९ मा पुनः मतगणनाको माग गरेर उच्च अदालत पोखरामा रिट दिएका थिए ।