स्वर्गीय एमाले नेता रत्न प्रसाद शर्मा न्यौपानेको तेस्रो स्मृति सभा सम्पन्न

शनिबार, जेठ १२, २०८१

१२ जेठ, जाजरकोट । रत्न प्रसाद न्यौपाने फाउन्डेसनको आयोजना र नेकपा एमाले छेडागाड नगरपालिका वडा नम्बर ६ को सम्वन्यमा छेडागाड नपा वडा नम्बर ६ को सभा हलमा स्मृति सभा सम्पन्न भएको छ ।

छेडागाड नगर पालिकाको पुर्ब नगर प्रमुख एवम् नेकपा एमाले कर्णाली प्रदेश पुर्ब उपाध्यक्ष लाल बहादुर महताराको प्रमुख आतिथ्यता र नेकपा एमाले जाजरकोटका पुर्ब अध्यक्ष खिम बहादुर शाहीको बिशेष आतिथ्यतामा सभा सम्पन् भएको हो । कार्यक्रममा पार्टीका जिल्ला कमिटीका सदस्य, विभिन्न वडाका वडा अध्यक्षहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि महताराले आफु न्यौपानेको समकक्षी साथी भएको र धेरै जसो जिबनशैलीका कुरा आफुले रत्न न्यौपाने बाटै सिकेको र सबैले सिक्नु पर्ने बताए  । उनले भने, ‘जाजरकोटको इतिहास हेर्ने हो भने आफु जिल्लाको सचिव भएको बेला आफ्नो पार्टीलाई २०५४ सालको निर्वाचनमा जिल्लाकै पहिलो बनाएको देखिन्छ, वास्तविक कम्युनिस्टको आचरण भएका नेतालाई सम्झेर मात्रै नपुग्ने, उहाँले लगाएको बाटोलाई फराकिलो बनाउनु पर्ने अवस्था छ ।’

गरिब अभाव समाजिक भेदभाव उच्चनिच्च छुवाछूत जस्ता मानबता बिरोधी मान्यताको ब्यापक प्रभावका बिचबाट हुकार छोड्ने एक योद्धा रत्न भएको प्रमुअ अतिथिी महताराले बताए । जनसेवामा अहोरात्र निस्वार्थ खटन पटनको मियो कमरेड रत्नबाट जनमैत्री कार्यशैलीको अनुकरण गर्नु पर्छ उहाँका निर्देशहरु आजको जिबन दर्शन बनाउन सकियो भने मात्रै उहाँ प्रति उच्च श्रद्धाञ्जली मान्न सकिने उनले बताए ।441965182_1112610980022411_4232770191879943293_n-1716647095.jpg
 

कार्यक्रममा बोल्दै बिशेश अतिथी शाहीले न्यौपाने पार्टी भित्र पनि पक्षधरताको कुरा उठाउने एक सहासी इमान्दार नेता भएको बताए । धेरै लामो समय सम्म पार्टी संगठन गर्दा जहिले पनि पार्टी निर्णयलाई सिरोधार गर्ने ब्यक्ति र बैचारिक कुरा गर्ने एक असल संगठक नेता रत्न भएको शाहीको भनाइ थियो ।

उहाँकै आचरणले अहिले जाजरकोटमा एमालेको संगठन मजबुत भएको समेत शाहीले दाबी गरे । कार्यक्रम संचालन केपी शर्मा न्यौपानेले गरेका थिए । साथै कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका सदस्य रत्न बहादुर आर.सी.ले गरेका थिए भने कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष राधिका शर्माले गरेकी थिइन ।
 

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  २०:१०
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार