सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
माघ ५, काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज कुरिलोको मूल्य बढेको छ । कुरिलो मूल्य प्रतिकेजी न्युनतम २००० रुपैयाँमा किनबेच भईरहेको छ ।
नेपाली ठुलो गोलभेडा न्युनतम ५० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ५० रुपैयाँ, लोकल सानो गोलभेडा १५ रुपैयाँ, टनेलको सानो गोलभेडा १५ रुपैयाँ, गोलभेडा सानो (तराई) २४ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ३६ रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यसैगरी, भारतीय सुकेको प्याज ७८ रुपैयाँ, चाइनिज सुकेको प्याज ६० रुपैयाँ, लोकल गाजर ४० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली ३५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ५० रुपैयाँ, रातो मुला १० रुपैयाँ, सेतो मुला लोकल १० रुपैयाँ, भन्टा लाम्चो ५० रुपैयाँ, भन्टा डल्लो ५० रुपैयाँ, मटरकोशा ८० रुपैयाँ, घ्यु सिमि लोकल ४० रुपैयाँ, टाटे सिमि ५० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
तिते करेला १३०, लौका ६०, घिरौला १००, फर्सी पाकेको ४०, हरियो फर्सी (लाम्चो ) ४०, हरियो फर्सी ( डल्लो) ४०, सलगम ७०, भिण्डी ८०, सखरखण्ड ६०, बरेला ३०, पिडालु ७० रुपैयाँ स्कुस ३० रहेको छ । त्यस्तै, रायो साग ४० रुपैयाँ, पालुंगो ९० रुपैयाँ, चम्सुरको साग ९० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ, मेथीको साग ९० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।