खै कसरी दिऔ म यो गणतन्त्र दिवसको शुभकामना ?

मंगलबार, जेठ १५, २०८१

१७ हजार महान सहिद हरुको सपनाहरु अधुरै र अलपत्रै रहेको यो बेला हजारौं हजार जनयुद्धका घाइते योद्धाहरु उपचार नपाएर भौतारिरहेका बेला हजारौं हजार वेपत्ता योद्धाहरुका परिवारहरु आफन्तजनको पर्खाइमा आशु सुकाएको यो भावविह्वल क्षेणमा जनयुद्धका योद्धाहरु आज दैनिकी जीवन धान्नकै निम्ति विदेशी गल्ली गल्तीमा भौतारिदै विदेशीहरुको गुलाम बन्न परेको बेला किलोशेरा 2 नामको अप्रेसन बाट ४ हजार घर जलेको त्यो थवाङमा आगोले पोलेको पिडाले छट्पटी रहेको बेला तत्कालीन राज्यको तर्फबाट कूर दमन गर्ने हरु नै आज गन्ने मान्ने र प्रमोसन पाएको यो बेला कमरेड खै कसरी दिऔ म यो गणतन्त्र दिवसको शुभकामना ।

व्यवस्था फेरियो अवस्था फेरिएन नेतृत्व फेरियो नीति फेरिएन नेता बदलिऔ तर जनताको अवस्था बदलिएन देश सबै तिर बाट चरम संकटमा जादैछ हत्या हिंसा बलात्कार महङ्गी शिक्षा र स्वास्थमा व्यापार उपभोक्तामा कालो बजारी वडा देखि सिंहदरबार सम्म भ्रष्टाचारको जालो ठगी घोटाला र काण्ड हरुको हिसाब गरि साध्य नै छैन श्रमजीवीहरु माथिको चरम शोषण जस्को कुनै सिमा नै छैन वैदेशिक रोजगारीमा मेनपावर नामका बैधानिक लूटेरा हरुको आफ्नै हालीमुहाली छ ।

जनताको दैनिकी हिजो भन्दा आज , आज भन्दा भोलि झन भयावह र कठिन बन्दैछ देशको सिमानामा चारैतिर विदेशी हस्तक्षेप छ बेलुका सुत्ने बेलामा नेपाली बिहान उठदा विदेशी हुनुपर्ने अवस्था छ । राष्ट्रिय स्वाधीनताको झन के कुरा गरौ mcc जस्तो राष्ट्रघात भएको छ विदेशीका सामु लम्पसार पर्नेहरु नै राज्यको मुख्य ओहोदामा आशिन छन राजनीति सत्ता र सिमित नेताहरुको स्वार्थको घेराभित्र कहिल्यै ननिस्कने गरि जेलिएको छ ।

अब म यो बेलमा कुन नैतिकता र स्वाभिमान अनि आत्मसम्मान मा टेकेर गणतन्त्र दिवसको शुभकामना दिऔ कमरेड जुन गणतन्त्रले नागरिकको जीवनमा परिवर्तन ल्याउन सकेन जुन गणतन्त्रले पीडित लाई न्याय र दोषी लाई कार्वाही गर्न सकेन जुन गणतन्त्रले राष्ट्रिय स्वाधीनताको रक्षा त परै जाओस् रक्षा गर्ने प्रयास पनि गरेन म यो लाचार अनि निर्हिय गणतन्त्रमा के गर्व गरौ अनि शुभकामना दिऔ कमरेड ...?

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १४:४३
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार