सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
१६ जेठ, बाँके । नेकपा (माओबादी) बर्दिया जिल्लाको भेला सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट दर्जन बढी नेता कार्यकर्ता नेकपा (माओबादी) प्रबेश गरेको छन ।
भेलाको अध्यक्षता टीका गौतमले गरेको र प्रमुख अतिथि केन्द्रीय सदस्य तथा सात नम्बर ब्युरो इन्चार्ज समिर रहेकोे पार्टी श्रोतले जानकारी दिएको छ ।
धरासयी र दलाल संशोधन बादमा बिर्सजन भैरहेको माओबादी आन्दोलनलाई शसक्त रुपमा अगाडि बढाउन नेकपा (माओबादी) पुनरगठन गरिएको केन्द्रीय सदस्य समिरले बताए ।
भेलामा बाँके सेक्रेटरी प्रमोद, रुपन्देही सेक्रेटरी बिजय सिंहको पनि उपस्थिति रहेको थियो । भेलाले क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट बिद्रोह गरि आएका राजेन्द्र सहित २० जना नेता कार्यकर्ताालाई स्वागत गरेको छ । साथै रमेश सँयोजक रहेको २५ सदस्यीय जिल्ला समिति पनि निर्वाचित गरेको छ ।