मकालु गाउँपालिकामा शिक्षक प्रतिभा पहिचान तथा सम्मान कार्यक्रम सम्पन्न

बुधबार, जेठ २३, २०८१

२३ जेठ, नेपालगन्ज । संखुवासभा मकालु गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले आयोजना गरेको शिक्षक प्रतिभा पहिचान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वडास्तरी पुरुष शिक्षक भलिबलमा वडा नं २ प्रथम भएको छ भने मकालु १ दृतिय, मकालु ५ तृतीय र मकालु ४ ले सान्त्वना प्राप्त गरेको छ । वडास्तरी पुरुष शिक्षक भलिबलमा ६ वटा टीम सहभागी भएका थिए । 

यसैगरी विद्यालय स्तरी हाजिरी जवाफ प्रतियोगितामा शोभा आ.वि. मकालु ३ प्रथम भएको छ । प्रतियोगितामा सिंहेश्वरी मावि मकालु १ दृतिय, बरुण भ्याली स्कुल मकालु ५ तृतीय भएको छ । यस्तै हाजिरी जवाफ प्रतियोगितामा पहिलो चरण बस्तुगत ४८ प्रतिशत अंक ल्याउन सफल १४ विद्यालय छनोटमा दोस्रो चरणको राउन्डमा सहभागी गरियोे । प्रतियोगितामा ४७ वटा स्कुलबाट १/१ टीम सहभागि थिए । खुल्ला नृत्य प्रतियोगिता तर्फ अरुण भ्याली मकालु ५ प्रथम भएको छ । बालविकास आ.वि. मकालु २ दृतिय, बाल कल्याण आ.वि. मकालु ३ तृतीय भएका छन । प्रतियोगितामा १२ वटा स्कुलको सहागिता रहेको थियो । 

यसैबिच कक्षा ८ को उत्कृष्ट तीन विद्यार्थी तथा अभिभावकलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको छ । परिक्षामा प्रथम राजारानी आ.वि. मकालु ३ का सागर याम्फु राई १० हजार नगद सहित सम्मानित भएका छन । परिक्षामा दृतिय अरुण भ्याली मकालु ५ की मन कुमारी तामांग ६ हजार नगद सहित सम्मानित भएकी छन भने परिक्षामा तृतीय अरुण भ्याली मकालु ५ कै मबिसन लामा ४ हजार नगद सहित सम्मानित भएका छन । 

कार्यक्रमको अध्यक्षता मकालु गाउँपालिका अध्यक्ष ओङ्दी छिरिङ शेर्पाले गरेका थिए । कार्यक्रममा शिक्षा शाखा प्रमुख नवराज ढुंगानको पनि आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा सबै विधामा नगद, मेडिल अनि प्रमाणपत्र प्रदान गरिएको पश्चिमेली शिक्षक समाज संखुवासभाका अध्यक्ष हर्क प्रसाद शर्माले जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १०:१०
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार