मुक्तक 

सोमबार, असार ३, २०८१


१-
मानवता भए  प्रेम छर्ने जिन्दगी हो ।
शनै:शनै:ओइलाएर झर्ने जिन्दगी हो।
धन,मान प्राप्त गर्न गोप्य बैठक गर्दै ।
कति दुष्ट कर्म गर्छौ मर्ने जिन्दगी हो ।
२-
बन्न सक्नुपर्छ हामी माहुरीको हुल ।
अर्कोलाई गर्नुहुन्न शत्रु ठान्ने भुल ।।
सम्झनाको नासो छोडौं मर्ने जिन्दगी हो 
द्वन्द भित्र कहाँ फूल्छ विकासको फूल ?
३-
बोल्दा बोल्दै सुक्यो गलो चिन्ता लाग्न थाल्यो।
हुँदैन कि कतै भलो चिन्ता लाग्न थाल्यो ।
सच्चा सोच भित्र फूल्छ समृद्धिको फूल ।
ध्वस्त हुन्छ कि यो थलो चिन्ता लाग्न थाल्यो ।
४-
सकेसम्म छिटो माथि उठनैपर्छ साथी ।
कोपिलाको भविष्यमा जुट्नै पर्छ साथी 
लोभ,ईष्र्या ,अहंकार भव्य दुश्मन हुन् ।
झट्ट आए मस्तिष्कमा कुट्नैपर्छ साथी ।

 

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  २३:०४
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार