सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
२० असार, नेपालगन्ज । छेडागाड नगरपालिका वडा नम्बर ६ मा ११ के.बि. को बिद्युत लाईनको सफल परिरक्षण भएको छ । जाजरकोट छेडा गाड नगरपालिकाको वडा नम्बर ६ सुवानाउली रादेउ बजार नजिकै बिद्युतको सफल परिक्षण गरिएको हो । छेडागाड ६ का अध्यक्ष भक्त बहादुर थापाले सुईच अनगरि बत्तीको उदघाटन गरेका हुन । बिद्युतको प्राबिधिक टोलिले सबै काम पुरा भएको जानकारी दिएपछि बुधबार अध्यक्ष थापाले उदघाटन गरेका थिए ।
अध्यक्ष थापाले बत्ती उदघाटन गर्दै अब छिट्टै गाउँ टोल र बस्ती बत्ति बलि झिलि मिलि हुने बताएका छन । आफुले गरेको अनुरोधलाई बिद्युत प्राधिकरणले सहजै स्वीकारी तीब्र गतिमा काम गरेकाले बत्ति बाल्न सफल भएको उनले बताए । अध्यक्ष थापाले अब थाना, सुवा गैराखेत, रादेउ बजार र रांगाको टोलका सबै बासिन्दाहरुले मिटर बक्सको लागि वडा कार्यालयमा फाराम भर्न पनि अनुरोध गरेका छन । उनले भने अब बत्ति गाउँमा आईपुग्यो बत्ति बाल्नको लागि हामी आफै खटिनु पर्ने छ । बिद्युतको प्राबिधिक टोलिले भर्खरै संचालन गरेको पोल र लाईन भएकाले तत्काल बडाबन देखि रादेउ सम्मको बिजुलीको पोल आश पाश कोही कसैलाई जान नदिनुका साथै पोल र तारमा ढुङ्गा हान्न नदिने र करेन्ट प्रसारण गर्ने धातुले छुन नहुने उनले बताए । भर्खरै संचालनमा ल्याईएको तार भएकाले करेन्ट लाग्न सक्ने उच्च जोखिम हुने भएकाले सबैलाई सजग रहन अनुरोध गरेका छन ।