सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
२६ असार, बाँके । मृगौला पीडित मानबहादुर चलाउने मनोजको परिवारले उपचारको लागि सबैसँग आर्थिक सहयोगको याचना गरेको छ । उनको उपचारमा आर्थिक अभावले कठिनाइ भएको भन्दै परिवारले सबैसँग आर्थिक सहयोगको आग्रह गरेको हो ।
दुबै मृगौला फेलभई प्रत्यारोपण गर्नुपर्ने भएकोले सबै सँग चलाउनेकी श्रीमती पदमकला चलाउने सहयोगको आग्रह गरेकी हुन । उनले भनिन, आर्थिक अवस्था कमजोर भएकाले खर्च व्यवस्थापन गर्न गारो छ, देश बिदेशमा रहनु भएका सबैलाई आर्थिक सहयोगको लागि अपिल गर्दछु । जाजरकोट कुशे गाउँपालिका वडा नं १ स्याक्री निवासी मृगौला पीडित मानबहादुर चलाउने मनोजले हाल भेनस हस्पिटल नयाँ बानेश्वर काठमाडौमा डाइलोसिस गरिरहेका छन ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा उनको मृगौला प्रत्यारोपण हुने र एक महिना लाग्ने भएपनि आर्थिक अवस्था कमजोर भएकाले सबैसँग श्रीमती पदमकलाले सहयोगको आग्रह गरेकी छन । हाल कोहलपुर २ प्रेमनगर बस्ने मृगौला पीडित चलाउने दश बर्षे जनयुद्धका सिपाही हुन । चलाउनेको श्रीमती पनि जनमुक्ति सेनाको सदस्य हुन ।
मृगोला पीडित चलाउनेका दुई छोरा र एक छोरी छन् । उनी पुरानो व्यवस्थामा आमुल परिवर्तनको लागि कलिलो उमेरमा जनयुद्धमा होमिएका थिए । जनकलाकार हुँदै जनमुक्ति सेनाको योद्धा भएर उनी कयौ मोर्चामा सहभागी भएका थिए । आर्थिक अभाव भएपछि ४० बर्षीया चलाउनेले आफ्नो उपचारमा सहयोग गरिदिन यसअघि सार्वजानिक अपील पनि गरेका थिए ।
मृगौला पीडित चलाउनेलाई सहयोग गर्न चाहानुहुने महानुभावले उनको नाममा लक्ष्मीसनराइज बैंकमा Man Bahadur Chalaune को नाममा रहेको खाता नं. 1020526583205001 मा रकम जम्मा गरेर सहयोग गर्न सकिनेछ । साथै उनको मो. नं. 9868161855 मा सम्पर्क गरेर समेत मिर्गौला पिडित मान बहादुर चलाउने (मनोज) लाई सहयोग गर्न सकिने परिवारले बताएको छ । लक्ष्मि सनराईज बैकको क्युआर मा समेत सहयोग उनलाई सहयोग गर्न सकिने छ । एकले थुकी सुकी सयले थुकी नदी भने झै तपाईंहरूको सानो सहयोगले मृगौला पीडित चलाउनेको उपचारमा सहयोग पुग्ने छ ।