स्वर्गीय हरिचन्द्र अधिकारीको परिवारलाई ३० लाख बढी राहत हस्तान्तरण

बिहीबार, असार २७, २०८१

२७ असार, बाँके । हरिचन्द्र अधिकारीको परिवारलाई दक्षिण कोरियामा रहेका नेपालीहरुले नगद सहयोग गरेका छन । कोरिया पुगेको एक हप्तामै मृत्यु भएका जाजरकोट छेडागाड नगरपालिका हाँडेतोलाका स्वर्गी अधिकारीका परिवारलाई ३० लाख १६ हजार ९ सय २८ रुपैया हस्तान्तरण गरिएको हो । कामको सिलसिलामा दक्षिण कोरियामा रहेका नेपालीले स्वर्गीय अधिकारीका परिवारलाई नगद सहयोग गरेका हुन ।

पीडित परिवारलाई राहत पुगोस् भन्ने उदेश्यले कर्णाली प्रदेश समाज दक्षिण कोरियाको संयोजकत्वमा कर्णालीका जिल्लागत संस्था सुर्खेत, दैलेख, सल्यान, कालीकोट, जुम्ली समाज दक्षिण कोरियाले मिति २०२४–०६–०८ तारिख देखि २०२४–०६–१३ तारीख सम्म सहयोग अभियान संचालन गरेको थियो ।

अभियानमा संकलन भएको जम्मा सहयोग रकम ३१४४०,०७० वन रहेको थियो । जस अनुसार उक्त रकम रेमिटान्सको रेट अनुसार हुन् आउने नेपाली रु.३०,१६,९२८ रुपैयाँ परिवारलाई हस्तान्तरण गरीएको बताइएको छ ।

हस्तान्तरण गरिएको रकम मध्ये अधिकारीको २ वर्षिय छोरी सृष्टि अधिकारीको मद्दती खातामा १५ वर्ष सम्मको लागि रु २२,६०,७९९ र बाँकी रकम बुवाको खातामा रु ७,५६,१२९ जम्मा गरिएको छ । यस्तै कर्णाली प्रदेश समाजको खाता बाट रु.२७,५७,०५९्र, हान्वा ओसन नेपाली एकता समाजको खाताबाट रु२,१२,८६९्र, शिव भारतीको खाताबाट रु४७,९२० गरि  जम्मा रु ३०,१६,९२८ नेपाली रुपैयाँ परिवारको खातामा जम्मा गरिएको छ । 

उक्त सहयोग रकम असार २२ गते कर्णाली प्रदेश सभा सदस्य राजिब बिक्रम शाह तथा कर्णाली प्रदेश समाज दक्षिण कोरियाका सँस्थापक सल्लाहकार लक्ष्मी नारायण बस्नेत मार्फत परिवारलाई हस्तान्तरण गरिएको हो ।
 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १७:२४
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार