सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
यो दुनियाँमा नलुटिएको केही छैन
खानामा लुटिएको छ
नानामा लुटिएको छ
छानामा लुटिएको छ
यात्रामा लुटिएको छ
जात्रामा लुटिएको छ
पढाईमा लुटिएको छ
लेखाइमा लुटिएको छ
बोलाइमा लुटिएको छ
हिडाइमा लुटिएको छ
विकासमा लुटिएको छ
निकासमा लुटिएको छ
जमिनमा लुटिएको छ
कम्युनमा लुटिएको छ
कार्यालयमा लुटिएको छ
देवालयमा लुटिएको छ
आर्यघाटमा लुटिएको छ
आफ्नै सुत्ने खाटमा लुटिएको छ
भ्रष्टाचारमा लुटिएको छ
बलात्कारमा लुटिएको छ
यहाँ धर्मको नाममा
मन्दिरमा लुटिएको छ
गिर्जाघरमा लुटिएको छ
मस्जिदमा लुटिएको छ
गुम्बामा लुटिएको छ
यहाँ नलुटिएको केही छैन
यहाँ श्रीमती लुटिएको छ
श्रीमान लुटिएको छ
छोराछोरी लुटिएको छ
बाआमा लुटिएको छ
दिदिबहिनी लुटिएको छ
दाजुभाइ लुटिएको छ
बाजेबज्यै लुटिएको छ
सबैका सबै लुटिएको छ
लुटिएको पत्तै नपाउने जात हो मान्छे
यहाँ बिजुली ,खानेपानी ,शिक्षा ,स्वास्थ्य
रोजगार ,यातायात सबैमा लुटिएको छ
यो लुटपाट हिजोदेखी को परम्परा हो
भुइँ मान्छेले विद्रोह नओकले सम्म
यो आजिवन चलिरहने खेती हो ।
किरण विद्रोही