सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
३० असार, जाजरकोट । त्रिभुवन माध्यमिक विद्यालय दल्ली जाजरकोटको प्रधानाध्यापक नियुक्ती विवाद सतहमा आएको छ । प्रधानाध्यापक ज्ञानेन्द्र बहादुर सिंहले नयाँ प्रधानाध्यापक नियुक्तीको बिरोध गर्दै विज्ञप्ति प्रकाशित गरि बिरोध गरेका छन ।
अचानक र अनपेक्षित ढगले स्वघोषित वि.व्य.स. अध्यक्ष समेतका केही व्यक्तिहरुले असार २८ गते करिब दिउसो ४ः०० बजेतिर विद्यालय भित्र अचानक प्रवेश गरि विद्यालयको प्रशासकिय भवनको ताला फोडि अर्को प्र.अ. घोषणा समेत गरेको अवैधानिक कार्यप्रति विद्यालय प्रशासन घोर भत्र्सना गर्दछ विज्ञप्तिमा भनिएको छ ।
साथै एउटा सुनौलो सपना बोकेर आफ्ना व्यक्तिगत आकांक्षाहरुलाई समेत थाँती राख्दै विद्यालयको वृहत्तर हितका लागि अहोरात्र खट्ने सङ्कल्प लिएको प्र.अ. प्रति गरिएको यस्तो अमानविय अवैधानिक र विद्यालय जस्तो ज्ञानको पवित्र थलोलाई प्रभावित बनाई सयौं बालबालिकाको भविष्यमाथि खेलवाड गर्ने गलत हर्कतका व्यक्तिहरु विरुद्ध सम्पूर्ण शैक्षिक सरोकारवालाहरुलाई आ–आफ्नो स्थानबाट यस विद्यालयलाई शान्ती क्षेत्र र बालबालिकाहरुको भविष्य निर्माण गर्ने थलोको रुपमा विकास गर्न गहन भूमिका निर्वाह गर्न समेत आग्रह गर्दछु प्रधानाध्यापक सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सिंहले अझै पनि आफु नै प्रधानाध्यापक रहेको दाबी गरेका छन ।