गद्य कविता:- चमेलीको गाउँ

मंगलबार, साउन १, २०८१

म जाउला नजाउला गए भने छोड्ने छैन म । 
उसँगको नाता कहिलै तोड्ने छैन म
म जाउला नजाउला गए भने छोड्ने छैन म 
किन नछाड्ने ऊ चुम्बक हो ? कसैले सोधेमा
भनिदिउला होइन ऊ चुम्बक 
 तर  पनि उसको त्यो गुन्यू र फुलबुट्टे चोलिले यो मनलाई तानिरहेछ । 
यहीँ मनलाई बिथोलिदिने उसको त्यो धान नाच र मारुनी नाच त बेइमानी रहेछ । 

ऊ यति अचम्मकी छ कि खुला सगरलाई ओढ्ने बनाउछे, खुला चौरलाई ओछ्यान बनाउछे ।
थाहा छ ! उसलाई गीत सुन्न कानमा एरफोन हाल्नु पर्दैन ।

बस् ! 

कोइलीले गीत गाइदियोस, पवनले मुरली बजाओस, झ्याउ किरीले झ्याली बजाओस, त्यो लालिगुराँस थोरै लजाओस ! अनि त्यो मनकामनाको मन्दिरको आशिषमा भगवानको भाजनमा उसलाई मजा आओस् ! 
त्यसैले त भन्छु मेरो कुटोले त्यो विदेशको खाँडीमा कहिलै गोड्ने छैन म । 
उसँगको नाता कहिलै तोड्ने छैन म 
म जाउला नजाउला गए भने छोड्ने छैन म ।

कहिँ भेटिदैनन त्यस्ता नयन जुन नयन पूर्वको मेची रुँदा पश्चिम महाकालीमा आँसु बगाउन् । 
कहिँ मिल्दैनन त्यस्ता पन्जा जुन पन्जाले फरक धर्मको फरक किताबबाट पनि एकताको माला सजाउन्। 
कहाँ भेटिनु र हौं ती भाकाहरु जुन भाकाले सारङ्गिको रेटाइमा दुख र सुखका गीत गाउन ।

जुन मोहनी चमेलीको गाउँले लगाएको छ त्यो प्रेम कहिलै फोड्ने छैन म ।
उसँगको नाता कहिलै तोड्ने छैन म 
म जाउला नजाउला गए भने छोड्ने छैन म ।
इलामका चियाका बोटमा मुना पलाउँदा साँच्चै ऊ कलिली देखिन्छे । 
अनि म गोर्खाली भनी छाती पिट्दा साँच्चै ऊ बलिली देखिन्छे । 
लक्ष्मी, भानु, मोतीको कविताको प्रभात छ उसको,
धरामुनी सुधा अनि सगर छुने माथ छ उसको ।
सेलो, होरी सँगै झ्याउरे अनि तीज,असारे,
यि बाहेक अरु कुनै रंग जोड्ने छैन म 
उसँगको नाता कहिलै तोड्ने छैन म
म जाउला नजाउला गए भने छोड्ने छैन म ।

"बाबू यो पटकको दशैमा त घर आ, 
त बिनाको घर, पर्व के पर्व ।
आमा आजैदेखि दहिमा टीका मोक्षे हुन्छ । 
हजुरको ठूले यो चोटि त घरमा मात्रै होइन गाउँभरी टीका लाएर ठूलाको आशिर्वाद पाएर, सानोलाई आशिष दिने छ । 
अनि त्यो चमेली र जुनकीरीकाे निधारमा रंग भर्ने छ।
चिन्ता नगर आमा यो दशैमा गाउँमा नौमति र पन्चेबाजाकाे राेनक पनि बज्ने छ।"
कसलाई के थाहा त्यो मीठो संदेशले याे निर्मल रुपमा बगिरहेको कर्णाली र शान्तरुपमा बसिरहेको रारामा पनि हलचल आउछ भनेर ।
डाेल्पाेले घाेप्टाे परेर कसैले चेप्टो परेर घण्टी बजाउछ भनेर ।
अनि त गाउँ भरिका चेली चमेलीहरुले घलेक, चाेलाे, सारी र भाेटाे खाेज्न थाल्ने छन् ।
ती नौजवान ठिटाहरुले दौरासुरुवालकाे पहिरनसँगै खुसीको रौनक बाल्न खोज्नेछ्न, 

यो सबै देखेर देशभक्तिले गाउने गर्छ 
बनेको छ पहराले यो छाती मेरो,
बगेको छ झरना रगतमा मेरो, पखेरोमा म जन्मे, टाकुरोमा खेल्ने म झुक्दै न झुक्ने नेपालको छोरो ।

देशभक्तिको मन भएको छोरो भएको यो गाउँलाई 
छोडी म अरु कुनै गाउँको चित्र,
यो दिलमा कोर्ने छैन म । 
उसँगको नाता कहिलै तोड्ने छैन म 
म जाउला नजाउला गए भने छोड्ने छैन म !!!
तारा भट्टराई 
कक्षा :- १० 
अमरज्योती माध्यमिक विद्यालय, वीरेन्द्रनगर नगरपालिका - १२ नेवारे, सुर्खेत । 
मिति:-२०८१/०३/२९
२११ औं भानुजयन्तिको अवसरमा ! 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १२:४५
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार