सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
साउन १७, सुर्खेत । साईनिङ अस्पताल, आइ एन एफ नेपाल, सुर्खेतले “अपाङ्गता भएका महिला तथा बालिकाहरूको स–शक्तिकरण“ परियोजना सुर्खेतका भेरी गङ्गा नगरपालिका र बराहताल गाउँपालिकामा सुरुवात गर्ने भएको छ । परियोजनाका गतिविधिहरुलाई समुदायमा संचालन गर्नु पूर्व सम्बन्धित पालिका प्रमुखको अध्यक्षतामा एक सुरुवाती बैठकको आयोजना गरिएको थियो । उक्त सुरुवाती बैठकमा पालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत, राजनैतिक पार्टीका प्रतिनिधिहरु, सम्बन्धिका पालिकाका बिषयगत शाखाका प्रमुखहरु, अपाङ्गताका क्षेत्रमा कार्य गर्ने स्थानिय संथाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
यहि श्रवण १३ गते भेरिगंगा नगरपालिकामा भेरिगंगा नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षता, सहायक कार्यक्रम अधिकृत सम्झना परियारको संचालन, उपप्रमुख धनसरा बोहोरा, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत, राजनैतिक पार्टीका प्रतिनिधिहरु, सम्बन्धिका पालिकाका बिषयगत शाखाका प्रमुखहरु, साइनिङ अस्पताल आइ एन एफ नेपाल सुर्खेतका कार्यक्रम संयोजक ललित बहादुर सारु, आइ एन एफ नेपाल सुर्खेतका अनुगमन अधिकृत लोक प्रसाद गौतम लगायतको सहभागितामा “अपाङ्गता भएका महिला तथा बालिकाहरूको स–शक्तिकरण“ परियोजनाको सुरुवाती बैठक सम्पन्न भएको थियो । बैठकमा अपाङ्गता भएका महिला तथा बालिकाहरूको लागि पुर्नस्थापन स्वास्थ्य सेवा, उनीहरु वा उनीहरुका परिवारलाई जीविकोपार्जन कार्यक्रम र अपाङ्गता भएका व्यक्तिहरुका लागि कार्य गर्ने संस्थाको सबलीकरण गर्ने गरी क्रियाकला रहेको कुरा अनुगमन अधिकृत लोकप्रसाद गौतमले बताउनु भयो भने उक्त परियोजनामा प्रति पालिका ४०७१३७९ बजेट बिनियोजन गरिएको तथा पालिकाबाट समेत बजेटमा सहकार्यको अपेक्षा गरेको कुरा बताउनु भयो ।
अन्तरक्रियात्मक बैठकका क्रममा कार्यक्रम संयोजक ललित सारुले सहभागीहरुले कार्यक्रमको बजेट तथा कार्यक्रम संचालन प्रक्रियाबारे राखिएको जिज्ञाशाका बारेमा जानकारी दिनुका साथै परियोजनामा पालिकाको अभिभाबकिय भूमिका प्रति आभार ब्यक्त गर्नु भयो । कार्यक्रममा रोजगार संयोजक प्रकाश पौडेल, महिला तथा बालबालिका शाखा प्रमुख सबिता राणा तथा वडा अध्यक्षहरुले परियोजनामा आर्थिक तथा सहभागितात्मक सहकार्य रहने विचार ब्यक्त गर्नु भयो । नगर उपप्रमुख देबिसरा बोहोराले कार्यक्रमको सफलताको शुभकामना प्रदान गर्नुका साथै नगरपालिकाको तर्फबाट श्रोत साझेदारिमा गरिने प्रतिबद्धता ब्यक्त गर्नु भयो । कार्यक्रमको अन्तमा नगर प्रमुख तथा कार्यक्रमका अध्यक्ष यज्ञ प्रसाद ढकालले परियोजनाको टिमलाई स्वागत गर्दै परियोजनामा आफु तथा नगरपालिकाको अभिभाबकीय भूमिका रहने जानकारी गराउदै परियोजनाको समयाबधि थप गर्न समेत अनुरोध गर्दै बैठकको समापन गर्नु भयो ।
यसैगरी, श्रवण १३ गते, बराहताल गाउँपालिकाको सभा हलमा बराहताल गाउँपालिकाका वाड नम्बर ५ का वडा अध्यक्ष धिमराज जोल्मी मगरको अध्यक्षता, सहायक कार्यक्रम अधिकृत सम्झना परियारको संचालन, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, निमित प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापा, पालिकाका बिषयगत शाखाका प्रमुखहरु, साइनिङ अस्पताल आइ एन एफ नेपाल सुर्खेतका कार्यक्रम संयोजक ललित बहादुर सारु, आइ एन एफ नेपाल सुर्खेतका अनुगमन अधिकृत लोक प्रसाद गौतम लगायतको सहभागितामा “अपाङ्गता भएका महिला तथा बालिकाहरूको स–शक्तिकरण“ परियाजनाको सुरुवाती बैठक सम्पन्न भएको थियो । बैठकमा अपाङ्गता भएका महिला तथा बालिकाहरूका लागि पुनर्स्थापन स्वास्थ्य सेवा, उनीहरु वा उनीहरुका परिवारलाई जीविकोपार्जन कार्यक्रम र अपाङ्गता भएका व्यक्तिहरुका लागि कार्य गर्ने संस्थाको सबलीकरण गर्ने गरी क्रियाकला रहेको कुरा अनुगमन अधिकृत लोक प्रसाद गौतमले बताउनु भयो भने उक्त परियोजनाले बराहताल गाउँ पालिकाको लागि रु ४०७१३७९ बजेट बिनियोजन गरिएको तथा पालिका बाट समेत बजेटमा सहकार्यको अपेक्षा गरेको कुरा बताउनु भयो। वडा अध्यक्षहरु, बिषयगत शाखा प्रमुखहरुले बराहताल गाउँ पालिकामा आइ एन एफ प्रबेशलाइ स्वागत गर्दै एक अर्को सहयोगी हात थपिएको जसले अपाङ्गता भएका व्यक्तिको आवश्यकता सम्बोधनमा राहत महसुश भएको विचार ब्यक्त गर्नु भयो। कार्यक्रम को अन्तमा सभा अध्यक्ष धिमराज जोल्मी मगरले आफुले आइ एन एफलाइ २०३४ साल देखिने चिनेको र आइ एन एफले समुदायमा सेवा प्रदान गरेको कुरा को चर्चा गर्दै यो परियोजनालाइ पनि थापा समय कार्य गर्न अनुरोध गर्दै स्वागत गर्नु भयो ।
नेपालका गरिब र पिछडिएका जनता र समुदायका लागि पूर्णताको जीवन भन्ने परिकल्पनाका साथ् आइ एन एफ ले १९५२ देखि नेपालमा कुष्ठरोग, मेरुदण्डमा चोटपटक र अन्य अपाङ्गता भएका मानिसहरूलाई मद्दत गर्ने; केही दुर्गम र गरिब समुदायहरूमा विकासलाई सहज बनाउँछ र मेडिकल आउटरिच कार्यक्रमहरू सञ्चालन गर्ने गर्दछ ।