सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
भदौ १८, जाजरकोट । छेडागाड नगरपालिकाको बार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । नगरपालिकाको कृषि संकलन केन्द्रको सभाहल मनाघाटमा आर्थिक बर्ष २०८०/०८१ को बार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको हो । नगर प्रमुख रत्न बहादुर खड्काको अध्यक्षतामा शुरु भएको बार्षिक समीक्षा कार्यक्रममा नगर उप प्रमुख चन्द्र बहादुर थापा, नि. प्रमुख प्रशासकीय अधिकृत गंगबहादुर रोकाय, वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, शाखा प्रमुखहरु, वडा सचिव, सेवा केन्द्रका प्रमुख लगायत कार्यालयका कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमको संञ्चालन सूचना अधिकारी देब बहादुर बुढाले गरेका थिए । आर्थिक बर्ष २०८०/०८१ को प्रस्तावित बार्षिक विकास कार्यक्रम अनुसार कार्य र लक्ष्य प्राप्ति भए नभएको विषयमा उक्त आर्थिक बर्षमा सम्पन्न भएका सम्पूर्ण कामहरुको विवरण नगरपालिकाको शाखा, उपशाखा, वडा कार्यालय, सेवा केन्द्र र ईकाइ प्रमुख तथा प्रतिनिधिहरुले आ आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए ।
सबै प्रस्तुती माथि कार्यक्रममा सहभागीलाई जिज्ञाशा, टिप्पणी तथा सुझावको लागि खुल्ला छलफलको आयोजना गरी जिज्ञाशाको जवाफ दिदै प्राप्त सुझावहरु समावेश गरेर बार्षिक समिक्षा गोष्ठीबाट नगरपालिका तथा मताहतका निकायबाट प्रदान गरिने सेवाहरु पारदर्शि, मितव्ययी सरल र सहज बनाउनु पर्ने निष्कर्ष निकालिएको थियो आर्थिक बर्ष २०८०/०८१ नगरपालिकाको कूल बजेट ७५२८९९९३० प्राप्त हुने गरी बजेट सिलिङ प्राप्त भएकोमा राजश्व बाँडफाँड अनुदान ८६.७५ प्रतिशत र वितिय समानीकरण अनुदान ९३.७१ प्रतिशत रकम निकाशा प्राप्त भएको, आन्तरिक श्रोत लक्ष्य भन्दा बढी अर्थात ११८ प्रतिशत रकम संकलन भएको, उक्त रकम मध्ये राजश्व बाँडफाँड तर्फ ९९.८६ प्रतिशत समानीकरण तर्फ ९७.३७ प्रतिशत र आन्तरिक श्रोत तर्फ ९३.७ प्रतिशत रकम बार्षिक विकास कार्यक्रममा तोकिएका आयोजना तथा कार्यक्रममा खर्च भएको सूचना अधिकारी देब बहादुर बुढाले जानकारी दिए । उक्त आर्थिक बर्षमा चालु तर्फ ९०.०२ प्रतिशत र पुजीगत तर्फ ९०.५१ प्रतिशत रकम खर्च भएको बुढाले बताए ।
कार्यक्रममा उठेका जिज्ञाशाहरुको जवाफ दिदै नि. प्रमुख प्रशासकीय अधिकृत गंग बहादुर रोकायले कार्यालयबाट प्रदान गरिने सेवा सरल र सहज बनाउन सबै कर्मचारीहरु जिम्मेवार बन्न आग्रह गर्दै अपर्याप्त श्रोत साधनको व्यवस्थापन तथा सहज कार्य वातावरण तयार गर्न नगरपालिका दृढ रहेको बताए । कार्यालयको प्रभावकारी सेवा प्रवाहका लागि डाटा (Deta) महत्वपूर्ण श्रोत भएकोले विश्वसनीय डाटा(Deta) मार्फत योजना निर्माण गरी कार्यान्वयन गर्दा सेवामा विश्वनियता कायम हुने भएकोले सोही कार्य गर्न सबैलाई नगर उपप्रमुख चन्द्र बहादुर थापाले आग्रह गरे । आगामी दिनमा नगरपालिकाबाट प्रवाह हुने सेवाहरुलाई थप गुणस्तरीय र प्रभावकारि बनाउन छेडागाड नगरपालिकाको सेवा प्रवाह मापदण्ड निर्माण गरी सोही मापदण्डका आधारमा सेवा प्रवाह गर्ने वातावरण तयार गर्ने नगर प्रमुख रत्न बहादुर खड्काले बताए । उक्त कार्यक्रममा आर्थिक बर्ष २०८०/०८१ मा तोकिएका सूचक र आधार बमोजिम उत्कृष्ट काम गर्ने स्वास्थ्य संस्था, स्वास्थ्य कर्मी, तथा कर्मचारीहरुलाई प्रशंसा पत्र सहित सम्मान गरेको थियो ।