सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
१८ भदौ, बर्दिया । ठाकुरबाबा नगरपालिका ९ बेतेनीका बस्ने गगन सुनारको छोरा बर्ष ११ का बेसाहारा शिशिर सुनारलाई भदौ ८ गते सर्पले टोक्दा गम्भीर भएपछि भेरी अस्पतालमा उपचाररत छन । शिशिर आमा बाबु भएर पनि बेसाहारा बच्चा हुन । उनको उपचार गर्दागर्दै फोक्सोमा एक भाग सुकेको र निमोनियाले मुटुमा समस्या भएकोले हाल उपचाररत छन । आर्थिक अवस्था कम्जोर रहेकोले उपचार गर्न गारो भएकोले भेरी अस्पतालमा नगरपालिकाको बिशेष पहलमा उपचार जारी रहेको छ ।
ठाकुरबाबा नगरपालिकाकोे बिशेष पहलमा उपचार जारी रहेको प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद ढकालले बताए । बच्चाको आर्थिक अवस्था कम्जोर रहेको र बाबू पनि सम्पर्कमा नरहेको अवस्थामा नगरपालिकाले अभिभावकको जिम्मेवारी बहन गर्दै मानवीय हिसाबले कर्तव्य पूरा गरेको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए । बच्चा बचाउन औषधी उपचारको लागि कुनै कसुर बाँकी नराख्ने प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए ।
उपचारमा अभिभावकको रुपमा निरन्तर खटिरहेकी शिशिर सुनारकी ठूली आमा कमला कुमारी विकले हालसम्म ठाकुरबाबा नगरपालिकाको पहलमा भेरी अस्पतालमा उपचार भैरहेको र शिशिरको स्वास्थ्यमा सुधार भएको बताइन । त्यसैगरि भेरी अस्पताल प्रशासन प्रमुख प्रकाश थापाले बिरामी बच्चालाई नगरपालिकाको अनुरोधमा उपचार गरिहेकोे र बाँकी उपचारको लागि ठाकुरबाबा नगरपालिकासँग कुरा भएको बताए । नगरपालिकाले बच्चाको उपचारको जिम्मेवारी लिनुपुर्व भेरी अस्पतालले सम्पुर्ण उपचार खर्च ब्यहोरेको डाक्टर प्रकाश थापाले लालआवाजलाई वताए ।शिशिरका बुबा जेलमा छन भने आमाले दोस्रो बिबाह गरिसकेकी छन ।