सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
२९ भदौ, विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले उपसभामुखलाई हटाउने योजनाबाट सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमाले आफैं पछि हट्ने बताएका छन् ।
शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले उपसभामुख इन्दिरा रानाले गरेको त्रुटि पद नै गुमाउनुपर्ने खालको नभएको बताए ।
‘उपसभामुख एउटा इमान्दार, जनजाति महिला, बालबच्चाको लागि ख्यातिप्राप्त हुनुहुन्छ । उहाँले टेक्निकल्ली केही कुरा नजानेर त्रुटि गर्नुभयो’, उनले भने, ‘त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन भन्नेमा हामी दृढ छौं । सायद उहाँलाई हटाउने कुराबाट काँग्रेस एमाले नै पछि हट्नुहुन्छ होला ।’
उपसभामुख राना मगरले २०२३ को फेब्रुअरीमा पाँच जनाको अन्तर्वार्ताका लागि सहजीकरण गरिदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् । यही विषयलाई लिएर सत्तारुढ गठबन्धनमा उपसभामुखलाई हटाउने विषयमा छलफल भएको थियो भने नेपाली कांग्रेसले उपभामुखको राजीनामा माग गरेको छ ।
प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले माओवादीले गरेको सशस्त्र युद्धलाई एमाले सांसद योगेश भट्टराईले हिंसा भएपछि उत्पन्न विवाद नटुंगिएसम्म संसद चल्न नदिने बताए ।