‘हिंसा’ शब्द विवाद : बस्दै नबसी स्थगित भयो प्रतिनिधि सभा बैठक

आइतबार, भदौ ३०, २०८१

भदौ ३०, काठमाडौँ l प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित भएको छ। आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सुरुमा एक घण्टाका लागि स्थगित भएको थियो। 

त्यसपछि दिउँसो सवा तीन बजेसम्मका लागि स्थागित भएको बैठक स्थगित भएको हो। त्यतिबेलासम्म पनि सहमति जुट्न नसकेपछि बैठक भोलि (सोमबार) दिउँसो १ बजेसम्मका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ।

नेकपा एमालेका सांसद योगेश भट्टराईले गत भदौ १२ गते प्रतिनिधि सभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द रेकर्डबाट हटाउनुपर्ने नेकपा माओवादी केन्द्रको अडान छ। 

उक्त विषयमा सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकसँग पनि छलफल गरेका थिए। यद्यपि, उनीहरूबीच सहमति जुट्न नसकेपछि आजको बैठक बस्दै नबसी स्थगित भएको हो। 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १६:२७
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार