राष्ट्रिय सभा चुनाव

चुनाव प्रचारका लागि कांग्रेसको टोली प्रदेशस्तरमा जाने

निर्वाचन समन्वय र सहजीकरण गर्नका लागि विभिन्न प्रदेशमा जाने निर्णय
शनिबार, माघ ६, २०८०

६ माघ,काठमाडौं । राष्ट्रिय सभा चुनावको प्रचार प्रसारका लागि नेपाली कांग्रेसको प्रदेशस्तरमा जाने भएको छ ।कांग्रेसले गठन गरेको राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिको शनिबार बसेको बैठकले निर्वाचनका लागि समन्वय र सहजीकरण गर्नका लागि विभिन्न प्रदेशमा जाने निर्णय गरेको सचिव केशवरा ज जोशीले जानकारी दिए ।

केन्द्रीय समन्वय समितिका संयोजक नेता रमेश लेखकको अध्यक्षताम बसेको बैठकमा ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीका उम्मेदवारहरुसँग छलफल भएको थियो । छलफलपछि समन्वय समितिको टोलीले प्रदेशस्तरमा जाने निर्णय गरेको हो ।

फागुनमा अवधि पूरा हुन लागेका १९ सदस्यको ठाउँमा ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनले आपसमा तालमेल गरेका छन् । तालमेलमा नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टीले एक सिट लिएका छन् । प्रदेशस्तरमा हुने राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।

Nepali-congress-letter-1705742246.jpg
 

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १५:०१
प्रतिक्रिया दिनुहोस्