सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
१३ असोज, काठमाडौं । नेपाली कांग्रेसको बैठकमा बाढी, पहिरो र डुवानको समस्यामा सरकारको काममाथि प्रश्न उठेको छ । निरन्तर वर्षाले पुर्याएको क्षति कम गर्न सरकार चुकेको नेताहरुले प्रश्न गरेपछि कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकले प्रष्टीकरण दिएका थिए ।
सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आइतबार विहान बसेको कार्यसम्पादन समितिको बैठकमा सरकारको कमजोरी बारे चर्चा भएको बैठकमा सहभागी नेताले जानकारी दिए ।
बैठकले पार्टी पङ्तिलाई उद्दार र राहतमा सक्रिय हुन निर्देशन दिएको छ । प्रवक्ता डा. प्रकाशशरण महतले राहतमा सहयोग पुर्याउन ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको जानकारी गराए ।
महतका अनुसार उद्दार राहतमा खट्नका लागि सय दिने विशेष अभियान स्थगित गरिएको छ । हरेक वर्ष कोजाग्रत पूर्णिमामा गरिने चियापान पनि कांग्रेसले यसवर्ष रोक्ने निर्णय गरेको छ ।